Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

छिपहरमाईमा पुलमुनि मोटरसाइकलसहित युवकको शव फेला

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।

वडा नम्बर ३ कार्यालयदेखि करिब १०० मिटर पश्चिमतर्फ रहेको झलमहिया–भिस्वा जोड्ने कलभटको पुलमुनी खसेको अवस्थामा भारतीय नम्बर प्लेटको हुण्डा साइन मोटरसाइकलसहित झलमहिया गाउँकै २७ वर्षीय रमेश साह कानु मृत फेला परेका हुन्।

पुलमुनिको पानीमा वीर आर २२ ए एल १२७३ नम्बरको मोटरसाइकलसहित मृत भेटिएका साहको मृत्युको कारण अहिलेसम्म खुलेको छैन।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरुप शर्माको नेतृत्वमा प्रहरी टोली पुगेर घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...