Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छिपहरमाईमा पुलमुनि मोटरसाइकलसहित युवकको शव फेला

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।

वडा नम्बर ३ कार्यालयदेखि करिब १०० मिटर पश्चिमतर्फ रहेको झलमहिया–भिस्वा जोड्ने कलभटको पुलमुनी खसेको अवस्थामा भारतीय नम्बर प्लेटको हुण्डा साइन मोटरसाइकलसहित झलमहिया गाउँकै २७ वर्षीय रमेश साह कानु मृत फेला परेका हुन्।

पुलमुनिको पानीमा वीर आर २२ ए एल १२७३ नम्बरको मोटरसाइकलसहित मृत भेटिएका साहको मृत्युको कारण अहिलेसम्म खुलेको छैन।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरुप शर्माको नेतृत्वमा प्रहरी टोली पुगेर घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...