Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जेन-जि आन्दोलनमा भिमफेदी कारागारबाट फरार कैदी मियाँ वीरगंजमा पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले भिमफेदी कारागारबाट फरार एक कैदीलाई वीरगंजबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–१६ बसपार्कमा बसोबास गर्दै आएका २५ वर्षीय अमजत मियालाई सोमबार बिहान ११ बजे नियन्त्रणमा लिएको हो ।

मिया लागुऔषध सम्बन्धी कसुरमा संलग्न रहँदै पर्सा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि भिमफेदी कारागार, मकवानपुर पठाइएको थियो । तर, मिति २०८२ भदौ २५ गते जेन-जि आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।

पक्राउ परेका मियालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...