Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जेन-जि आन्दोलनमा भिमफेदी कारागारबाट फरार कैदी मियाँ वीरगंजमा पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले भिमफेदी कारागारबाट फरार एक कैदीलाई वीरगंजबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–१६ बसपार्कमा बसोबास गर्दै आएका २५ वर्षीय अमजत मियालाई सोमबार बिहान ११ बजे नियन्त्रणमा लिएको हो ।

मिया लागुऔषध सम्बन्धी कसुरमा संलग्न रहँदै पर्सा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि भिमफेदी कारागार, मकवानपुर पठाइएको थियो । तर, मिति २०८२ भदौ २५ गते जेन-जि आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।

पक्राउ परेका मियालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...