Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

दशैं सुरु भएपनि पर्साका ८ र बारा १४ पालिकाको मात्र खाता सञ्चालन

spot_img
spot_img

वीरगंज । नयाँ आर्थिक बर्ष सुरु भएकाे दुई महिना वितिसक्दा पनि पर्सामा ८ वटा पालिकाकाे खाता मात्र संचालनमा आएका छन् ।

मंगलबार सम्म वीरगंज महानगरपालिका, पाेखरिया नगरपालिका, पर्सागढी नगरपालिका, ठाेरी गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, जगरनाथपुर गाउँपालिका, छिपहरमाई गाउँपालिका र कालिकामाई गाउँपालिकाे मात्र खाता संचालनमा आएकाे कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले  जानकारी दिए ।

उनका अनुसार खाता संचालन भएका यी पालिकाहरुले आर्थिक बर्ष २०८२/०८३ काे निकासा समेत लिइसकेका छन् । पर्सा अन्य ६ पालिकाहरुले अहिलेसम्म खाता संचालनकाे फाइल समेत पेश गरेका छैनन् ।

खाता संचालनमा आउन नसकेका पालिकाहरुमा बहुदरमाई नगरपालिका, बिन्दवासिनी गाउँपालिका, सखुवा प्रसाैनी गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका, धाेबिनी गाउँपालिका र जिराभवानी गाउँपालिका रहेका छन् ।

यी मध्ये धाेबिनी, पकहाँ मैनपुर र बिन्दवासिनीकाे गाउँ सभा नै नभएका कारण खाता संचालन हुन सकेकाे छैन भने बाकी पालिकाकाे अन्य कारणले खाता संचालनमा ढिलाई भएकाे हाे ।

यसैगरी बाराका १६ पालिका मध्ये १४ वटा पालिकाकाे खाता संचालनमा आएका छन् । मंगलबार सम्म बाराका १४ पालिका पालिकाकाे खाता संचालनमा आएकाे र ति सबै पालिकाहरुले निकासा समेत लिइसकेकाे कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका सूचना अधिकारी कोष नियन्त्रक राहुल जयसवालले जानकारी दिए ।

उनका अनुसार मंगलबार सम्म निजगढ नगरपालिका र बारागढी गाउँपालिकाकाे खाता मात्र संचालनमा आउन सकेका छैनन् । जेन जि आन्दाेलनकाे क्रममा यी दुबै पालिकाकाे कार्यालयमा ताेडफाेड र आगजनी भएका कारण खाता संचालनमा ढिलाई भएकाे हाे ।

नेपालीहरुकाे महान चाँड दशैं सुरु भएपनि खाता संचालनमा नआएका पालिकाहरुमा कर्मचारी तलब समेत खुवाउन समस्या हुने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...