Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जेनजी आन्दोलनको क्रममा अनिल रुङ्ग्टाको घरमा भएको आगजनीमा घाइते महिलाको मृत्यु

spot_img
spot_img

वीरगंज । जेनजी प्रदर्शनको क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगी अनिल रुङ्टाको वीरगञ्जस्थित घरमा आगलागी हुँदा गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

पर्सा प्रहरीले दिएको जानकारी अनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ निवासी ४५ वर्षीया सुशीला हजाराको सोमबार काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनी गत भदौ २४ गते प्रदर्शनकारीले रुङ्टाको घरमा आगो लगाउँदा ५० प्रतिशत शरीर जलेर गम्भीर घाइते भएकी थिइन्।

नेशनल मेडिकल कलेज वीरगञ्जमा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था सुधार नहुँदा उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो।

यसै घटनामा गम्भीर घाइते भएका भारत बिहार राज्य सुगौली निवासी १८ वर्षीय विनय यादवको ९० प्रतिशत शरीर जलेको छ। हाल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत यादवको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको पर्साका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...