Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जेनजी आन्दोलनको क्रममा अनिल रुङ्ग्टाको घरमा भएको आगजनीमा घाइते महिलाको मृत्यु

spot_img
spot_img

वीरगंज । जेनजी प्रदर्शनको क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगी अनिल रुङ्टाको वीरगञ्जस्थित घरमा आगलागी हुँदा गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

पर्सा प्रहरीले दिएको जानकारी अनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ निवासी ४५ वर्षीया सुशीला हजाराको सोमबार काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनी गत भदौ २४ गते प्रदर्शनकारीले रुङ्टाको घरमा आगो लगाउँदा ५० प्रतिशत शरीर जलेर गम्भीर घाइते भएकी थिइन्।

नेशनल मेडिकल कलेज वीरगञ्जमा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था सुधार नहुँदा उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो।

यसै घटनामा गम्भीर घाइते भएका भारत बिहार राज्य सुगौली निवासी १८ वर्षीय विनय यादवको ९० प्रतिशत शरीर जलेको छ। हाल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत यादवको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको पर्साका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...