Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल

spot_img
spot_img

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गरी मुलुकलाई सुशासन र समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले शान्ति, स्थिरता र विकास सुनिश्चित गर्दै भ्रष्टाचारको अन्त्य, सुशासनको प्रवर्द्धन र व्यापक रोजगारी सिर्जनासहित आर्थिक–सामाजिक रुपान्तरण अपरिहार्य रहेको उल्लेख गरे।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका आन्दोलन र हालै सम्पन्न जेनजी आन्दोलनमा जीवन अर्पण गर्ने सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र कार्यान्वयनमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

सन्देशमा अध्यक्ष नेपालले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई नेपालको संविधानले समेटेको उल्लेख गरेका छन्।

उहाँले संविधान जारी भएपछि मुलुकको शासनसत्तामा ठूलो परिवर्तन भए पनि संविधान निर्माण गर्दा परिकल्पना गरिएको सुशासन, आर्थिक समृद्धि र समुन्नत राष्ट्र निर्माणको यात्राले अझै अपेक्षित गति लिन नसकेको बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...