Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

नवदुर्गा पूजा समिती निलकण्ठवाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । श्री नवदुर्गा पूजा समिती निलकण्ठवाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी, वीरगंज शाखाको सहकार्यमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समितीका संयोजक दया सिन्धु कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा २ महिला सहित ४१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएकाे छ ।

रक्तदान गर्नेहरूमा कलावती देवी, रम्भा देवी, सिन्धु कुश्वाहा, आकाश चौरसिया, प्रहलाद चौरसिया, सन्जित कुमार सिंह, नितेश कुमार चौरसिया, अलक प्रसाद कुश्वाहा लगायतका रहेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रेशमकोठीका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता, प्रहलाद चौरसिया लगायतको उपस्थिति रहेकाे थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले रक्तदान जीवनदान भएको उल्लेख गर्दै यस्ता सामाजिक कार्यमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिएका थिए ।

रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र वीरगंजका जितेन्द्र कुश्वाहा, लिलाधर साह, नमित चौरसिया र सन्तोष पटेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...