Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

ओली सरकारको दम्भ र अहङ्कारले जेनजी आन्दोलनमा धेरै क्षति : माधव नेपाल

spot_img
spot_img

काठमाडौँ । नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

अध्यक्ष नेपालले आज शोक वक्तव्य जारी गरी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। उनले सो प्रदर्शनका क्रममा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।

‘जेनजी’ अन्दोलनका मागप्रति आफ्नो पार्टीले त्यस बेला नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको स्मरण गराउँदै उनले जायज मागलाई सम्बोधन गर्नुको साटो तत्कालीन सरकारको दम्भ र अहङ्कारले धेरै जनधनको क्षति हुन गएको उल्लेख गरे।

वक्तव्यमा भनिएको छ, “जनताको चाहना र भावना अनुरुप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा जनतामा उत्पन्न निराशा र आक्रोशको परिणामका रुपमा त्यस घटनालाई स्वीकार गर्नुपर्छ।

नेता र जनताको जीवनशैली बीचको अन्तर, भ्रष्टाचार, कुशासन, बरोजगारी, युवा पलायन तथा आर्थिक सामाजिक रुपान्तरणको मार्गमा हिँड्न नचाहने/नखोज्ने कार्यशैलीका कारण यो अवस्था उत्पन्न भएको कुरालाई समेत मनन गर्नुपर्दछ।”

अध्यक्ष नेपालले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, राज्य तथा निजी क्षेत्रलगायत समाजका विभिन्न पक्षसँग हातेमालो एवम् सहकार्य गर्न आफूहरु सदैव तत्पर रहेको स्पष्ट पारे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...