Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

डा. सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम

spot_img
spot_img

काठमाडौँ । जनमत पार्टीभित्र नेतृत्व परिवर्तनको मागसहित पार्टीका शीर्ष पदाधिकारीहरूले अध्यक्ष डा. सिके राउत (चन्द्रकान्त राउत) र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सि.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमले संयुक्तरूपमा हस्ताक्षर गरी उक्त माग राखेका हुन्।

पार्टी पदाधिकारीहरूले देशमा व्याप्त भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासनको विरोधमा २०८२ भदौ २३ र २४ गते भएको “जेन–जी आन्दोलन” ले नेपालको राजनीतिक परिदृश्यमा ऐतिहासिक मोड दिएको भन्दै जनमत पार्टीले पनि आत्मसमीक्षा र नेतृत्व परिवर्तनको बाटो लिनुपर्ने आवश्यकता औंल्याएका छन्।

उनहरूले पछिल्लो समय पार्टीको शीर्ष नेतृत्वमा देखिएको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य कमजोर बनाएको भन्दै जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको दाबी गरेका छन्।

साथै, नेतृत्व परिवर्तनमार्फत पार्टीलाई थप सशक्त, लोकतान्त्रिक र जवाफदेही संस्थामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टी निर्माणदेखि अहिलेसम्म योगदान पु¥याएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पुनर्गठनमा सक्रिय हुन पनि आग्रह गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...