Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

जेन–जी प्रदर्शनमा मृत्यु भएकाको शव सेनाको हवाई साधनमार्फत सम्बन्धित जिल्लामा

spot_img
spot_img

काठमाडौँ । जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव नेपाली सेनाको हवाई साधनमार्फत उनीहरूको सम्बन्धित जिल्लामा पुर्‍याइएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लामा पुर्‍याइएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै प्रदर्शनमा मृत्यु भएका व्यक्तिहरूको शव घर ठेगानासम्म पुर्‍याउने सरकारी निर्णय सार्वजनिक गरेका थिए ।

हालसम्म जेन–जी प्रदर्शनमा ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । सरकारको निर्णयअनुसार मृतकहरूको शवको सम्मानपूर्वक घरसम्म पुर्‍याउने प्रक्रिया जारी राखिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...