Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जेन–जी सहिदहरूकाे सम्मानमा असोज १ गते सार्वजनिक बिदा

spot_img
spot_img

काठमाडौँ । जेन–जी पुस्ताद्वारा भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानमा नेपाल सरकारले असोज १ गते बुधबार राष्ट्रिय शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका अनुसार नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सो दिन सार्वजनिक बिदा हुनेछन् । साथै, राष्ट्रिय झण्डा आधा झुकाएर मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गरिनेछ ।

मन्त्रिपरिषद्को २०८२।०५।३० गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिने र राष्ट्रिय शोक मनाउने कार्य गर्न गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेको जानकारी दिए ।

यस निर्णयलाई जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रतिको सरकारी सम्मानको रूपमा लिइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...