Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

जेन–जी आन्दोलनका शहीदहरूको सम्मानमा राष्ट्रिय शोक मनाइने

spot_img
spot_img

काठमाडौं । जेन–जी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै सोमबार यसबारे घोषणा गरेका हुन् ।

उनका अनुसार शहीदहरूको सम्मानमा सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । शोक दिवस कुन दिन मनाउने भन्ने विषय मन्त्रीपरिषद्ले छिनोफानो गर्नेछ ।

यसैगरी, आन्दोलनमा मृतकका परिवारलाई एक लाख–एक लाख रुपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि गृहमन्त्रीको छ । शव व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरमार्फत शव पुर्‍याउने निर्णय गरिएको छ ।

गृहमन्त्री अर्यालको यो निर्णयलाई जेन–जी आन्दोलनको मागअनुरूप सरकारको पहिलो सकारात्मक कदमका रूपमा हेरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ...

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौँ । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न...

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...