Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

जेन–जी आन्दोलनका शहीदहरूको सम्मानमा राष्ट्रिय शोक मनाइने

spot_img
spot_img

काठमाडौं । जेन–जी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै सोमबार यसबारे घोषणा गरेका हुन् ।

उनका अनुसार शहीदहरूको सम्मानमा सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । शोक दिवस कुन दिन मनाउने भन्ने विषय मन्त्रीपरिषद्ले छिनोफानो गर्नेछ ।

यसैगरी, आन्दोलनमा मृतकका परिवारलाई एक लाख–एक लाख रुपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि गृहमन्त्रीको छ । शव व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरमार्फत शव पुर्‍याउने निर्णय गरिएको छ ।

गृहमन्त्री अर्यालको यो निर्णयलाई जेन–जी आन्दोलनको मागअनुरूप सरकारको पहिलो सकारात्मक कदमका रूपमा हेरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...

काठमाडौंमा फेटा घटनाका घाइतेलाई भेट्दै सांसद अन्सारीले भने : दोषीले उन्मुक्ति पाउँदैनन्

वीरगंज । बाराको फेटा गाउँपालिकामा शनिबार भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको...

फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम...