Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

मेराे घर जेन जिले होइन, घुसपेठियाले जलाएका हुन् : प्रदिप यादव

भावुक हुँदै उनले भने, “मेराे छाेराकाे स्कूल ब्याग जलाइएकाे छ, मेराे छाेरीकाे डकाेमेन्ट समेत जलाइएकाे छ ।"

spot_img
spot_img

वीरगंज । जसपाका उपमहासचिव तथा निर्वतमान खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो घर जेनजी आन्दोलनकारीले नभई नियोजित घुसपेठियाले जलाएको दाबी गरेका छन् । जेनजी आन्दोलनपछि पहिलोपटक गृह जिल्ला पर्सा पुगेका यादवले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै आफू सुरुदेखिनै आन्दोलनको पक्षमा रहेको र युवाहरूको नेता भएको स्पष्ट पारे ।

यादवले भने, “राज्यद्वारा आन्दोलनमा भएको बर्बर दमनका समाचार सुनेर रातभर सुत्न सकिनँ । यही कारण २३ गते नै मन्त्री पदबाट राजीनामा दिने निर्णयमा पुगेँ । गृहमन्त्रीपछि दोस्रो मन्त्रीको रूपमा मैले पनि राजीनामा दिएको हुँ ।”

घरमा आगजनीबारे भावुक हुँदै उनले भने, “मेराे छाेराकाे स्कूल ब्याग जलाइएकाे छ, मेराे छाेरीकाे डकाेमेन्ट समेत जलाइएकाे छ । म भ्रष्टाचारमा संलग्न छैन । बाउबाजेले अर्जन गरेको सम्पत्तिमा आगजनी र लुटपाट भयो । अहिले छिमेकीको घरमा बस्नु परेको छ।”

उनी भन्छन्, “जेनजी आन्दोलनकारी सानै उमेरमा बौद्धिक भएका छन् । उनीहरूले मेरो घर जलाएका होइनन् । आन्दोलनलाई बदनाम गर्न नियोजित घुसपैठ भयो । घर जलाउनेहरूको पहिचान भइसकेको छ तर म प्रतिशोधको राजनीति गर्दिनँ।”

वीरगंजवासीलाई सचेत रहन आग्रह गर्दै यादवले भने, “मेरो घर मात्र होइन, वीरगंज नै जलाउने प्रयास भयो । आगजनी जस्तो काम निन्दनीय हुन्छ, यसको मूल्याङ्कन भगवानले गर्नुहुनेछ। प्रहरीले कारबाही नगरे पनि अग्निदेवताले सजाय दिनुहुनेछ भन्ने विश्वास छ ।”

देशको प्रणाली अथक संघर्षपछि प्राप्त भएको भन्दै यादवले संघीयता, लोकतन्त्र र पहिचान जोगाउन सबैको कर्तव्य भएको बताए । उनले भने, “जेनजी पुस्ताले देशलाई आफ्नै इच्छाअनुसार अगाडि बढाउनुपर्छ । जनविरोधी नेताहरूलाई मताधिकार प्रयोग गरेर राजनीतिक जीवनबाट बाहिर गर्नुपर्छ ।”

मधेश आन्दोलनदेखि पहिचान आधारित आन्दोलनसम्मको अनुभव सुनाउँदै उनले जेनजी पुस्ताको भावनाअनुसार राजनीति अघि बढाउनुपर्नेमा जोड दिए । “देश बनाउन जेनजी पुस्ताले अग्रसर हुनुपर्छ । उनीहरू राजनीतिमा आउन चाहन्छन् भने स्वागतयोग्य हो, तर जनताको मन जित्नुपर्छ,” यादवले भने।

यादवसंगै वीरगंजमा जेन जि आन्दाेलनकाे नाममा निर्वतमान कानुन मन्त्री अजय चाैरसिया, पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेपाली कांग्रसका नेता एवं उद्याेगपति अनिल रुंगटा लगायतकाकाे निजि घर ताेडफाेड, लुटपाट र अगजानी भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...