Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कांग्रेस संविधान र लोकतन्त्रको रक्षा गर्दै स्पष्ट धारणा बनाएर अघि बढ्ने

spot_img
spot_img

काठमाडौँ । मुलुकमा विकसित पछिल्ला घटनाक्रमबारे नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। जेएनजी पुस्ताको प्रदर्शन, त्यस क्रममा भएको मृत्यु, खर्बौं मूल्य बराबरको संरचनाको विनाश, कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहितका नेतामाथिको आक्रमण, राष्ट्रपतिद्वारा गरिएको संवाद पहल, अन्तरिम प्रधानमन्त्रीको घोषणा र प्रतिनिधिसभा विघटनजस्ता विषयमा पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको हो।

उपसभापति पूर्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भाद्र २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाउने युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। त्यस्तै आन्दोलनमा भएका भौतिक क्षतिको वास्तविक मूल्याङ्कन तत्काल सुरु गर्न सरकारलाई माग गरिएको छ।

विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित अन्य नेतामाथि भएको आक्रमणलाई निन्दनीय र भत्र्सना योग्य भन्दै शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

त्यसैगरी, प्रतिनिधिसभाको विघटनलाई पार्टीले असंवैधानिक र अलोकतान्त्रिक भन्दै तत्कालै निर्णय फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ। पार्टीले संविधान र लोकतन्त्रको रक्षा गर्दै स्पष्ट धारणा बनाएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

नेपाली कांग्रेसले सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ र युवाहरूको भावनालाई सम्मान गर्दै विद्यमान राजनीतिक घटनाक्रममा एकताबद्ध भएर अघि बढ्ने अठोट जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...