Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

कांग्रेस संविधान र लोकतन्त्रको रक्षा गर्दै स्पष्ट धारणा बनाएर अघि बढ्ने

spot_img
spot_img

काठमाडौँ । मुलुकमा विकसित पछिल्ला घटनाक्रमबारे नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। जेएनजी पुस्ताको प्रदर्शन, त्यस क्रममा भएको मृत्यु, खर्बौं मूल्य बराबरको संरचनाको विनाश, कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहितका नेतामाथिको आक्रमण, राष्ट्रपतिद्वारा गरिएको संवाद पहल, अन्तरिम प्रधानमन्त्रीको घोषणा र प्रतिनिधिसभा विघटनजस्ता विषयमा पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको हो।

उपसभापति पूर्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भाद्र २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाउने युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। त्यस्तै आन्दोलनमा भएका भौतिक क्षतिको वास्तविक मूल्याङ्कन तत्काल सुरु गर्न सरकारलाई माग गरिएको छ।

विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित अन्य नेतामाथि भएको आक्रमणलाई निन्दनीय र भत्र्सना योग्य भन्दै शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

त्यसैगरी, प्रतिनिधिसभाको विघटनलाई पार्टीले असंवैधानिक र अलोकतान्त्रिक भन्दै तत्कालै निर्णय फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ। पार्टीले संविधान र लोकतन्त्रको रक्षा गर्दै स्पष्ट धारणा बनाएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

नेपाली कांग्रेसले सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ र युवाहरूको भावनालाई सम्मान गर्दै विद्यमान राजनीतिक घटनाक्रममा एकताबद्ध भएर अघि बढ्ने अठोट जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...