Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

 प्रतिनिधिसभा विघटन असंवैधानिक भएको पत्रकार महासंघको ठहर

spot_img
spot_img

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपतिबाट संविधान विपरीत प्रधानमन्त्री नियुक्ति र त्यसपश्चात प्रतिनिधिसभा विघटन सिफारिसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै घोर निन्दा र भत्र्सना गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा लोकतन्त्र, संविधानवाद, विधिको शासन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता उपलब्धिमा आघात पुग्ने चेतावनी दिइएको छ।

महासंघको विज्ञप्तिमा भनिएको छ कि २०६२/६३ को जनआन्दोलनपछि मुलुकले संविधानसभामार्फत संविधान लेख्ने चाहना पूरा गरेको थियो र हालैको जेनेजि आन्दोलनले भ्रष्टाचार र बेथितिविरुद्धको मागलाई संविधानको दायरामा राख्दै उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्ने अवसर दिएको थियो। तर राष्ट्रपतिबाट संविधान विपरीत प्रधानमन्त्री नियुक्ति र मध्यरातमा प्रतिनिधिसभा विघटन सिफारिस सदर गर्नु जनमतको अपमान र अलोकतान्त्रिक कदम भएको महासंघको ठहर छ।

महासंघले यस्ता कदमहरूले मुलुकको लोकतान्त्रिक प्रणाली, संवैधानिक सर्वोच्चता, नागरिकका अधिकार, प्रेस स्वतन्त्रता, संघीयता र समावेशिता जस्ता उपलब्धिमा प्रत्यक्ष आघात पुर्‍याउने भन्दै वर्तमान संविधान र उपलब्धिहरूको रक्षार्थ सबै पक्ष एकजुट हुन आह्वान गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...