Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

spot_img
spot_img

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्।

राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। उनले आजकै मितिदेखि राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको पत्रमार्फत जानकारी गराएका छन्।

राप्रपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय रहँदै आएका सुवेदीले पार्टीको वृद्धि, संगठन विस्तार तथा सुदृढीकरणका लागि कर्तव्यनिष्ठ कार्यकर्ताका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन्।

तर, पार्टी परित्याग गर्नुको स्पष्ट कारण भने उनले राजीनामा पत्रमा खुलाएका छैनन्।

पर्सामा राप्रपाको संगठन निर्माण तथा राजनीतिक गतिविधिमा लामो समयदेखि सक्रिय रहेका सुवेदीले जिल्ला अधिवेशनकै दिन पार्टी छाडेपछि उनको निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रभावशाली नेतामध्येका एक सुवेदीको बहिर्गमनले पर्सामा राप्रपाको संगठन र अधिवेशनमा समेत प्रभाव पार्न सक्ने चर्चा पार्टीभित्र हुन थालेको छ।

यसैबीच, राप्रपा पर्साको जिल्ला अधिवेशनको प्रक्रिया र व्यवस्थापनप्रति केही नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको स्रोतले जनाएको छ। अधिवेशन नियमित र विधिसम्मत ढंगले सम्पन्न नभए थप नेता–कार्यकर्ताले समेत पार्टीबाट राजीनामा दिन सक्ने एक नेताले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।

उनका अनुसार अधिवेशनको प्रक्रिया तथा नेतृत्वको निर्णयप्रति असन्तुष्ट केही नेता–कार्यकर्ता अहिले नेतृत्वको आगामी कदमको प्रतीक्षामा छन्।

अधिवेशनकै दिन सुवेदीले पार्टी परित्याग गरेपछि राप्रपा पर्साभित्र रहेको असन्तुष्टि थप सतहमा आएको देखिएको छ। यद्यपि, सुवेदीको राजीनामापछि पार्टीको आगामी संगठनात्मक अवस्था र अन्य नेता–कार्यकर्ताको भूमिकाबारे भने स्पष्ट तस्वीर आउन बाँकी छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...