Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सामा संविधान रक्षाकाे माग गर्दै कांग्रेस र एमालेद्वारा प्रदर्शन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले बिहीबार वीरगंजमा संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

“विदेशी हस्तक्षेप बन्द गर”, “संविधानको रक्षा गर”, “राष्ट्रपतिलाई सार्वजनिक गर”, “नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे” लगायतका नारासहित प्लेकार्ड बोकेर नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद शाहाबुद्दीनको नेतृत्वमा झन्डै एक दर्जन नेता–कार्यकर्ताहरूले प्रभु अस्पताल नजिकबाट जुलुस निकाल्दै घण्टाघर पुगेर कोणसभामा परिण भएकाे थियाे।

कोणसभामा सम्बोधन गर्दै शाहाबुद्दीनले नेपाली सेनाले राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै संविधानको रक्षा गर्न सबै दलहरू एकजुट हुनुपर्ने बताए।

यसैगरी पर्साको पोखरियामा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले पनि संविधान मिच्न नपाइने र राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै जुलुससहित कोणसभा गरेको छ । नगर अध्यक्ष दीपु पटेलको नेतृत्वमा निकालिएको जुलुसले पोखरिया बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा पूर्व नगर कमिटी अध्यक्ष भगवान प्रसाद कुर्मी, राधा साह कानू, वडा अध्यक्ष प्रमोद गिरी, नगर सचिव सन्तोष गिरी, सुरेश पासवान, सुजीत गिरी, राकेश महतोलगायत सहभागी थिए।

कांग्रेस र राष्ट्रिय युवा संघ दुवैको प्रदर्शन संविधानको रक्षा, राष्ट्रपतिलाई सार्वजनिक गर्ने, संसद विघटन नगर्ने र लोकतान्त्रिक प्रक्रिया कायम राख्ने उद्देश्यले गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...