Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जेन–जीको माग संविधानभित्रै सम्बोधन गर्न सकिन्छ : माधवकुमार नेपाल

spot_img
spot_img

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जेन–जी पुस्ताको आन्दोलनमाथि भएको दमन, नरसंहार र हिंसात्मक घटनाको कडा निन्दा गर्दै आन्दोलनका जायज मागहरूप्रति पूर्ण समर्थन जनाएका छन् ।

पार्टीद्वारा जारी विज्ञप्तिमा अध्यक्ष नेपालले सामाजिक सञ्जालमाथिको नियन्त्रण, भ्रष्टाचार र कुशासनविरुद्ध २०८२ भदौ २३ मा जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनमाथि सरकारले अत्यधिक बल प्रयोग गर्दा ३० जनाभन्दा बढीको मृत्यु र सयौं घाइते भएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनका क्रममा घाइतेहरूको उचित उपचारको व्यवस्था तथा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीमाथि कारबाहीको माग गरेको छ। विज्ञप्तिमा आन्दोलनभित्र घुसेका अराजक तत्वहरूले सिंहदरबारदेखि विभिन्न सरकारी कार्यालय, ऐतिहासिक धरोहर, निजी सम्पत्ति, बैंक, स्टोर, होटेलमा तोडफोड र आगजनी गरेको घटनालाई “निकृष्ट कुकृत्य” भन्दै दोषी पहिचान गरी कारबाहीको माग गरेको छ।

अध्यक्ष नेपालले जेन–जी पुस्ताको आन्दोलन लोकतन्त्रलाई समाप्त गर्ने नभई अझ जनपक्षीय बनाउनकै लागि भएको भन्दै लोकतन्त्र विरोधी र घुसपैठीयाले संसद विघटन र संविधान खारेज गरेर अस्थिरता ल्याउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । उनका अनुसार जेन–जीको माग वर्तमान संविधानभित्रै संवोधन गर्न सकिने भएकाले संविधान संशोधनमार्फत सुधारको बाटो खोल्न सकिनेछ।

विज्ञप्तिमा हालको संकटको मूल कारण बेरोजगारी, युवा पलायन, कुशासन र नेतृत्वको अहंकार रहेको उल्लेख गर्दै, समाजवादको तयारी र सुशासनको अभियानसँग जेन–जीको माग मिल्दो रहेकाले त्यसमा पार्टी ऐक्यवद्ध रहेको जनाइएको छ।

नेकपा (एकीकृत समाजवादी) ले घाइतेहरूको उपचार, मृतक परिवारलाई सहानुभूति, भ्रष्ट्राचारविरुद्धको एजेन्डामा सहयोग, जेन–जी आन्दोलनमा घुसेका अराजक तत्वहरूको छानबिन र कडा कारबाहीको माग गर्दै आफ्ना नेता, कार्यकर्ता र समर्थकलाई जनताका घरघरमा पुगेर सहयोग र समवेदना व्यक्त गर्न निर्देशन दिएको छ।

अध्यक्ष नेपालले विज्ञप्तिमा संविधान र कानूनको रक्षार्थ खटिन, सामाजिक सद्भाव कायम गर्न र जनताको सेवामा अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...