Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्साका गाउँपालिकासम्म जेन जि आन्दाेलनकाे असर : जिराभवानीमा आगजनी र अन्यमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । देशको राजधानी काठमाडौंबाट सुरु भएको जेन जि आन्दोलन वीरगंज हुँदै गाउँगाउँसम्म पुगेको छ । मंगलबार देशभरजस्तै वीरगंजमा पनि उग्र रुप लिएको यो आन्दोलन बुधबार पर्साका विभिन्न गाउँपालिकामा फैलिएको छ ।

स्थानीयवासीका अनुसार बुधबार पर्साको कालिकामाई, छिपहरमाई र पटेर्वा सुगौली गाउँपालिका कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिएको छ । उनीहरूले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको राजीनामा माग गरेका थिए ।

जिराभवानी गाउँपालिकाको सेढवास्थित कार्यालयमा भने प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । करिब एक सय जनाको समूहले मुख्य ढोका तोडी प्रवेश गरी डिजिटल होर्डिङ बोर्ड, सोफा, कुर्सी, दराज, कागजपत्र, कम्प्युटर लगायत सामग्री बाहिर निकाली आगजनी गरेको स्थानीयहरूले बताएका छन्।

आगजनीबाट कार्यालय बाहिर रहेको रोलर गाडी र कार्यालयको जेसीबीमा समेत क्षति पुगेको छ। महत्त्वपूर्ण कागजपत्र र कार्यालय सामग्री जलेर नष्ट भएका छन्।

गाउँपालिकाको कार्यालय निजी घर भाडामा लिएर सञ्चालन हुँदै आएको हुँदा सम्पत्ति निजी भएकाले स्थानीय महिलाहरूले प्रतिकार गर्न थालेपछि प्रदर्शनकारीहरू भागेको स्थानीयको दाबी छ।

त्यसैगरी प्रदर्शनकारी समूहले गाउँपालिका अध्यक्ष अनोज चौधरीको घरमा ढुङ्गामुढा गरी झ्यालको सिसा फुटाएका छन भने उपाध्यक्ष रेखा चौधरीको घर अगाडि नारा बाजी गर्दै आगो बालिएको छ । पछि गाउँपालिका अध्यक्ष चौधरीका ठूलो बुवा तथा प्रदेश सांसद शंकर चौधरीले प्रदर्शनकारीलाई सम्झाई बुझाई फर्काएका थिए ।

यसअघि मंगलबार वीरगंज महानगरपालिकाको कार्यालयमा आगजनी भएपछि त्यसको देखासिकी पर्साका अन्य गाउँपालिका कार्यालयसम्म आन्दोलन फैलिएको बताइन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...