Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्साका गाउँपालिकासम्म जेन जि आन्दाेलनकाे असर : जिराभवानीमा आगजनी र अन्यमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । देशको राजधानी काठमाडौंबाट सुरु भएको जेन जि आन्दोलन वीरगंज हुँदै गाउँगाउँसम्म पुगेको छ । मंगलबार देशभरजस्तै वीरगंजमा पनि उग्र रुप लिएको यो आन्दोलन बुधबार पर्साका विभिन्न गाउँपालिकामा फैलिएको छ ।

स्थानीयवासीका अनुसार बुधबार पर्साको कालिकामाई, छिपहरमाई र पटेर्वा सुगौली गाउँपालिका कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिएको छ । उनीहरूले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको राजीनामा माग गरेका थिए ।

जिराभवानी गाउँपालिकाको सेढवास्थित कार्यालयमा भने प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । करिब एक सय जनाको समूहले मुख्य ढोका तोडी प्रवेश गरी डिजिटल होर्डिङ बोर्ड, सोफा, कुर्सी, दराज, कागजपत्र, कम्प्युटर लगायत सामग्री बाहिर निकाली आगजनी गरेको स्थानीयहरूले बताएका छन्।

आगजनीबाट कार्यालय बाहिर रहेको रोलर गाडी र कार्यालयको जेसीबीमा समेत क्षति पुगेको छ। महत्त्वपूर्ण कागजपत्र र कार्यालय सामग्री जलेर नष्ट भएका छन्।

गाउँपालिकाको कार्यालय निजी घर भाडामा लिएर सञ्चालन हुँदै आएको हुँदा सम्पत्ति निजी भएकाले स्थानीय महिलाहरूले प्रतिकार गर्न थालेपछि प्रदर्शनकारीहरू भागेको स्थानीयको दाबी छ।

त्यसैगरी प्रदर्शनकारी समूहले गाउँपालिका अध्यक्ष अनोज चौधरीको घरमा ढुङ्गामुढा गरी झ्यालको सिसा फुटाएका छन भने उपाध्यक्ष रेखा चौधरीको घर अगाडि नारा बाजी गर्दै आगो बालिएको छ । पछि गाउँपालिका अध्यक्ष चौधरीका ठूलो बुवा तथा प्रदेश सांसद शंकर चौधरीले प्रदर्शनकारीलाई सम्झाई बुझाई फर्काएका थिए ।

यसअघि मंगलबार वीरगंज महानगरपालिकाको कार्यालयमा आगजनी भएपछि त्यसको देखासिकी पर्साका अन्य गाउँपालिका कार्यालयसम्म आन्दोलन फैलिएको बताइन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...