Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

कांग्रेसले भन्याे : “संयम, संवाद र एकताले मात्र मुलुकलाई संकटबाट निकाल्न सकिन्छ”

spot_img
spot_img

काठमाडौं । मुलुकमा पछिल्ला दिनमा बढेको अस्थिर र हिंसात्मक परिस्थितीबारे नेपाली कांग्रेसले संयमता, संवाद र एकताको मार्गबाट समस्या समाधान गर्न सबैलाई आह्वान गरेको छ । पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापाले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा Gen-Z युवाहरूले सुरु गरेको आन्दोलनमा ज्यान गुमाएका होनहार युवाप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

कांग्रेसले देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई संयमपूर्वक प्रस्तुत हुन अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक प्रणालीलाई नयाँ ढंगले सुनिश्चित गर्दै जनताको अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पुनर्निर्माणमा गम्भीर छ ।”

पार्टीले राष्ट्रपतिद्वारा आरम्भ गरिएको वार्ता र संवादको पहलको स्वागत गर्दै त्यसलाई Gen-Z युवाहरूको भावना बमोजिम नै निष्कर्षमा पुर्‍याउन आग्रह गरेको छ । यस क्रममा संविधानको सीमाभित्र रहेर मात्र आवश्यक निर्णय गर्नुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्तिमा सोमबार भएको प्रदर्शनमा अत्यधिक बल प्रयोग र मानवीय क्षतिबारे उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । साथै शान्तिपूर्ण प्रदर्शनको अधिकार जायज भए पनि सार्वजनिक सम्पत्तिमा आगजनी र ध्वंसकारी गतिविधि Gen-Z को माग नभएको उल्लेख गर्दै योजनाबद्ध रूपमा घुसपैठ गरी हिंसा र तोडफोड गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ ।

कांग्रेसले आफ्नै नेतृत्व तथा नेता उपर भएका आक्रमण घटनाको निन्दा गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई सम्मान गर्न सबैलाई आह्वान गरेको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि उल्टिने प्रयासलाई रोक्न र २०७२ सालको संविधानबाट फर्किन नदिन पार्टी प्रतिबद्ध रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, “अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा, Gen-Z युवाहरूको भावना र भिन्न पुस्ताको अभिमतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि बढ्नेछ।” पार्टीले स्वदेश र विदेशमा रहेका नेपालीहरूलाई संयमित, विवेकपूर्ण र एकताबद्ध रहन पनि अनुरोध गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...