Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

कांग्रेसले भन्याे : “संयम, संवाद र एकताले मात्र मुलुकलाई संकटबाट निकाल्न सकिन्छ”

spot_img
spot_img

काठमाडौं । मुलुकमा पछिल्ला दिनमा बढेको अस्थिर र हिंसात्मक परिस्थितीबारे नेपाली कांग्रेसले संयमता, संवाद र एकताको मार्गबाट समस्या समाधान गर्न सबैलाई आह्वान गरेको छ । पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापाले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा Gen-Z युवाहरूले सुरु गरेको आन्दोलनमा ज्यान गुमाएका होनहार युवाप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

कांग्रेसले देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई संयमपूर्वक प्रस्तुत हुन अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक प्रणालीलाई नयाँ ढंगले सुनिश्चित गर्दै जनताको अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पुनर्निर्माणमा गम्भीर छ ।”

पार्टीले राष्ट्रपतिद्वारा आरम्भ गरिएको वार्ता र संवादको पहलको स्वागत गर्दै त्यसलाई Gen-Z युवाहरूको भावना बमोजिम नै निष्कर्षमा पुर्‍याउन आग्रह गरेको छ । यस क्रममा संविधानको सीमाभित्र रहेर मात्र आवश्यक निर्णय गर्नुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्तिमा सोमबार भएको प्रदर्शनमा अत्यधिक बल प्रयोग र मानवीय क्षतिबारे उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । साथै शान्तिपूर्ण प्रदर्शनको अधिकार जायज भए पनि सार्वजनिक सम्पत्तिमा आगजनी र ध्वंसकारी गतिविधि Gen-Z को माग नभएको उल्लेख गर्दै योजनाबद्ध रूपमा घुसपैठ गरी हिंसा र तोडफोड गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ ।

कांग्रेसले आफ्नै नेतृत्व तथा नेता उपर भएका आक्रमण घटनाको निन्दा गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई सम्मान गर्न सबैलाई आह्वान गरेको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि उल्टिने प्रयासलाई रोक्न र २०७२ सालको संविधानबाट फर्किन नदिन पार्टी प्रतिबद्ध रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, “अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा, Gen-Z युवाहरूको भावना र भिन्न पुस्ताको अभिमतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि बढ्नेछ।” पार्टीले स्वदेश र विदेशमा रहेका नेपालीहरूलाई संयमित, विवेकपूर्ण र एकताबद्ध रहन पनि अनुरोध गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...