Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

मुलुकलाई युक्रेन वा लिबियाजस्तै बनाउने प्रयास हुँदैछ : घनश्याम भूसाल

spot_img
spot_img

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले भदौ २३ गतेको आन्दोलनमा निहत्था युवामाथि गरिएको सरकारी दमनलाई ‘राक्षसी आक्रमण’ भन्दै कडा आपत्ति जनाएका छन्।

बुधबार जारी गरेको अपिलमार्फत भूसालले नौजवान पुस्ता (जेन–जी) ले सुरु गरेको आन्दोलन सबै नेपालीलाई स्वतः आकर्षित गर्ने खालको जिम्मेवार कदम भएको उल्लेख गरेका छन्। तर सरकारले गरेको नरसंहार र त्यसपछिका तोडफोड, आगजनी तथा लुटपाटका घटनाले मुलुकलाई दशकौँसम्म झस्काइरहने घाउ दिएको उनको भनाइ छ।

भूसालले भने, “प्रधानमन्त्री ओलीको अप्राकृतिक सत्तालिप्साले १० वर्षमा मुलुकले हासील गर्न सक्ने तीव्र विकासका अवसर गुमाए। भदौ २३ को नरसंहारले नेपाललाई नियन्त्रित अस्थिरताको अर्को चरणतर्फ धकेल्यो।”

उनले आन्दोलनको सुरुआती लक्ष्यलाई अपहरण गरेर देशलाई युक्रेन, लिबिया वा बंगलादेशको जस्तै संकटतर्फ धकेल्ने शक्तिहरु सक्रिय भएको चेतावनी पनि दिए।

भूसालले दलाल पुँजीवादसँग गठबन्धन गर्ने नेताहरुको असफलताले लोकतान्त्रिक गणतन्त्र कमजोर भएको र यही नेतृत्व रहिरहे मुलुक अझ ठूला दुर्दिनतर्फ धकेलिने खतरा रहेको बताए।

अपिलमा उनले पार्टी कार्यकर्तामाझ देखिएको हतासा, पलायन र आत्मसमर्पण अस्वाभाविक नभए पनि त्याग, बलिदान र धैर्यतासहित नयाँ विचार, नयाँ संगठन र नयाँ नेतृत्व निर्माण गर्दै अघि बढ्न आग्रह गरेका छन्।

अन्त्यमा उनले नौजवान पुस्तासँग सम्बोधन गर्दै भने, “मेरो पुस्ताको नालायकीप्रति म लज्जित छु, माफी माग्छु। तर त्यसका नाममा तपाईँहरुलाई अरुले लुट्न नपाओस्।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...