Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

गगन थापाले भने “प्रधानमन्त्रीले अबिलम्ब पद छोड्नुपर्छ, कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ”

spot_img
spot_img

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन जेड आन्दोलनका क्रममा युवामाथि भएको गोली प्रहार घटनापछि प्रधानमन्त्रीलाई तत्काल पद त्याग गर्न आग्रह गरेका छन्।

आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक प्रतिक्रिया सार्वजनिक गरेका थापाले भनेका छन्– “रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।”

थापाले कांग्रेसलाई पनि सरकारमै बसिरहन नहुने चेतावनी दिएका छन्। उनले भनेका छन्– “अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनु हुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।”

उनको यो अभिव्यक्ति पछि नेपाली कांग्रेसभित्र सरकारबाट फिर्ता हुने वा निरन्तरता दिने विषयमा चर्को बहस हुने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...