Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा, छानबिन समिति गठन

spot_img
spot_img

काठमाडौं । जेनजी आन्दोलन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।

जेनजीहरूले सोमबार आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि देशभरका विभिन्न स्थानमा झडप भएको थियो। घटनामा अहिलेसम्म १९ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन्।

घटनाको नैतिक जिम्मेवारी लिँदै लेखकले राजीनामा दिएको मन्त्रीस्तरीय स्रोतले जानकारी दिएको छ। मन्त्रिपरिषद् बैठकले उक्त घटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

सरकारका अनुसार, छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिको टिओआर तय भइसकेको र छानबिन निष्पक्ष हुने सरकारको दाबी छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...