Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

नक्कली परिक्षार्थीकाे आराेपमा कांग्रेस नेता सहाबुदिनका छोरा पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको परीक्षा दिँदै गरेका एक परीक्षार्थीलाई प्रहरीले नक्कली परीक्षार्थीको आरोपमा परीक्षाहलबाटै नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्ति नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद सहाबुदिनका छोरा मोहम्मद अफताब भएको स्रोतले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार उनी आफ्नै बुवाको नाममा परीक्षा दिइरहेका बेला चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले ठाकुर राम क्याम्पसबाट एक जनालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय विर्तामा राखिएको वताए । उनले क्याम्पसले दिएकाे जानकारी अनुसार प्रहरीले नियन्त्रणमा लिएकाे वताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको वताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले पनि यस घटनाबारे प्रारम्भिक जानकारी पाएको बताउँदै क्याम्पस प्रशासनकै मुख्य जिम्मेवारीमा प्रश्न उठेकाे बताए । “अनुसन्धानको पूर्ण विवरण आएपछि मात्र कस्तो मुद्दा दर्ता गर्ने भन्ने विषयमा प्रस्ट हुनेछ,” उनले भने।

यस विषयमा क्याम्पस प्रशासनले आफ्नो प्रतिवेदन दिएपछि थप तथ्य प्रस्ट हुने जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...