Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

शान्ति–सुरक्षा, सुशासन र सेवा प्रवाहमा कुनै सम्झौता गर्दिन : बाराका सीडीओ पौडेल

spot_img
spot_img

बारा । हालै बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा जिम्मेवारी सम्हालेका प्रकाश पौडेलले जिल्लामा शान्ति–सुरक्षा कायम गर्दै सुशासन प्रवर्द्धन गर्न आफू दृढप्रतिज्ञ रहेको बताएका छन्।

मंगलबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित बाराका सक्रिय पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गरी पारदर्शिता कायम गर्ने र नागरिकता तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउने प्रतिवद्धता जनाए ।

उनले जनशक्तिको अभाव रहे पनि सेवाग्राहीलाई सेवा प्रवाहमा कमी नआउने बताउँदै लागूऔषध ओसारपसार तथा सेवनलाई शून्य सहनशीलतासहित नियन्त्रण गर्ने योजनाबारे पनि जानकारी दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष रमेश सुवेदीले पछिल्लो समय पत्रकारहरू समाचार लेखनका कारण राज्य र गैर–राज्य पक्षबाट धम्की र दबाब झेल्नु परेको भन्दै पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको सम्मान गर्न सीडीओ पौडेलको ध्यानाकर्षण गराए।

परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका एसपी सरोज निरौला, पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष अनिल गौरव, कार्यसमिति उप–सचिव दुष्यन्त चौधरी, जिउत यादव, नरेश गुप्ता लगायतका करिब तीन दर्जन पत्रकारहरूको उपस्थिति थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...