Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

नेशनल मेडिकल कलेज र रोट्र्याक्ट क्लबबीच स्वास्थ्य सेवा सहमति

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर भएको छ। यस सहमतिपत्रअनुसार क्लबका सदस्य र उनका प्रत्यक्ष आश्रितहरूले गुणस्तरीय, सहज र सहुलियतमा आधारित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्।

सहमति पत्रको प्रारम्भिक अवधि एक वर्षको रहने छ भने आपसी समीक्षा पश्चात नविकरण गर्न सकिने व्यवस्था गरिएको छ। सहमति अनुसार, क्लबका सदस्यहरूलाई आपतकालीन अवस्थामा “ग्यारेन्टी अफ पेमेंट” आधारमा तुरुन्त स्वास्थ्य सेवा प्रदान गरिनेछ। साथै, नियमित स्वास्थ्य शिविर र अन-साइट क्लिनिक सञ्चालन गरी सदस्यहरूलाई लाभान्वित गरिने व्यवस्था गरिएको छ।

सहमति पत्रअनुसार, नेशनल मेडिकल कलेजले क्लबका लागि विभिन्न विशेष छुटहरू पनि प्रदान गर्नेछ, जसमा ओपीडी टिकट, बेड, सर्जरी, परीक्षण, इमेजिङ सेवा र फार्मेसी सेवा समावेश छन्। दुबै पक्षबीच आदानप्रदान हुने सम्पूर्ण जानकारी पूर्णरूपमा गोपनीय राखिने सुनिश्चित गरिएको छ।

कार्यक्रममा नेशनल मेडिकल कलेज प्रा.लि.का शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यस्मिन, प्रमुख सूचना अधिकृत इञ्जि. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कन्थ र पप्पु सिंह उपस्थित थिए। रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जतर्फ अध्यक्ष रट्र. रोशनी भट्टराई, सचिव सुजल ठाकुर, चार्टर्ड अध्यक्ष राजिश कुमार चौधरी, सह-सचिव तथा प्रोफेशनल सेवा संयोजक सौरभ पोखरेल लगायतका सदस्यहरूको सहभागिता रहेको थियो।

डा. रुबी श्रेष्ठले नेशनल मेडिकल कलेजको सामाजिक उत्तरदायित्वबोधअनुसार यस्तो सहकार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। रोट्र्याक्ट क्लब अध्यक्ष रट्र. रोशनी भट्टराईले पनि क्लबका सदस्य र उनका परिवारले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने भएकाले यो सहकार्य महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गरे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...