Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

पर्साका गुप्ता र पटेल समर्थक सहित जनमत पार्टीमा प्रवेश

spot_img
spot_img

वीरगंज । वीरगंज निवासी समाजसेवी तथा व्यापारी दिनानाथ प्रसाद गुप्ता र युवा नेता घिरेन्द्र पटेल (परवाना) जनमत पार्टीमा प्रवेश गरेका छन्। मध्य–बानेश्वरस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले उनीहरूलाई पार्टी सदस्यता ग्रहण गराएका हुन्।

जनमत पार्टीको विचार र सिद्धान्त तथा अध्यक्ष डा. राउतको त्याग र दुरदर्शी नेतृत्वबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको बताउँदै नवप्रवेशी गुप्ता र पटेलले पाँच सयभन्दा बढी व्यक्तिलाई निकट भविष्यमा पार्टीमा भित्र्याउने लक्ष्य रहेको बताएका छन्।

कार्यक्रममा पार्टीका राष्ट्रिय प्रवक्ता डा. सरद सिंह यादव, केन्द्रीय सचिव बिगु चौधरी, कार्यकारी सदस्य माधव सिंह, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेता भूपेन्द्र साह, पर्सा युवा अध्यक्ष उदय यादवलगायतको उपस्थित थियो।

साे अवसरमा जिल्ला अध्यक्ष सरार्फले हाल पर्सामा गाउँ–गाउँबाट युवा तथा महिलाहरूको जनमत पार्टीमा प्रवेश गर्ने लहर चलेको दाबी गर्दै आगामी दिनमा पर्सामा पार्टी सशक्त रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...