Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

वीरगंज भन्सार कार्यालयमा ५० भन्दा बढी विनादर्जा कर्मचारी

नातागोता र पहुँचले भर्ना भएकाे आरोप

spot_img
spot_img

वीरगंज । वीरगंज भन्सार कार्यालयमा कार्यरत अधिकांश कर्मचारीहरूको दर्जा र शाखा स्पष्ट नभएको पाइएको छ । कार्यालयको वेबसाइटमा सहसचिव, उपसचिव र अधिकृत तहका कर्मचारीहरूको विवरण मात्रै खुलाइएको छ भने दर्जा र शाखा उल्लेख नगरी ५० भन्दा बढी कर्मचारी लामो समयदेखि कार्यरत रहेको तथ्य बाहिर आएको हो।

भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार कार्यालयमा एकजना सहसचिव, तीनजना उपसचिव, २० जना अधिकृत र नायब सुब्बासहित ३० जना सुब्बाको दरबन्दी छ । तर वेबसाइटमा सहसचिवदेखि अधिकृतस्तरका कर्मचारी मात्र नामसहित प्रकाशित गरिएको छ भने सुब्बा र अन्य कर्मचारीहरूको नाम, दर्जा र शाखा सार्वजनिक गरिएको छैन।

स्रोतका अनुसार कार्यालयमा विनादर्जा कर्मचारी चालक, सहयोगी र करारकर्मीका रूपमा कार्यरत छन् । तर उनीहरूको संख्या अस्वाभाविक रूपमा बढेको छ । कार्यालयमा एक सयभन्दा कम दरबन्दी हुँदाहुँदै पनि ५० भन्दा बढी विनादर्जा कर्मचारी कार्यरत रहेको तथ्याङ्कमा देखिन्छ।

भन्सारका कर्मचारीहरूले नातागोता र निकटस्थलाई करार तथा दैनिक ज्यालादारीमा नियुक्त गर्ने गरेको, अधिकृतस्तरका कर्मचारीहरूले सरुवा भएर आएलगत्तै आफ्ना अनुकूलका कर्मचारी भर्ना गर्ने गरेको आरोप समेत लागेको छ । एक अधिकारीका अनुसार, केही अधिकृतहरूले चालक मात्र होइन, एकै कार्यकक्षमा तीनजना सहयोगीसम्म राख्ने गरेका छन्।

भन्सारमा बढी आम्दानी हुने भएकाले गोपनीयतालाई बहाना बनाएर दर्जा र शाखा नखुलाउने गरिएको र यो प्रक्रियामा राजनीतिक पहुँचसहितका व्यक्तिहरूको चासो हुने गरेको स्रोतको दाबी छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजकाे रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने ४ जना पक्राउ

वीरगंज । वीरगंवजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गरिरहेका चार जना हिन्दू सङ्गठनसँग आबद्ध युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी र सिरहामा प्रहरीको गोली लागेर...

वीरगंजमा कुटपिट घटनामा संलग्न एक जना पक्राउ, धार्मिक सद्भाव नबिगार्न प्रहरीको अपिल

वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित ईदगाहा चोकमा भएको कुटपिट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ...

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको...