Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

संघ–संस्था ऐन २०८२ को मस्यौदा सच्याउन गैसस महासंघकाे माग

spot_img
spot_img

वीरगंज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले संघ–संस्था सम्बन्धी ऐन, २०८२ को मस्यौदा सच्याउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

महासंघले प्रमुख जिल्ला अधिकारी ताेय नारायण सुवेदीलाई बुझाएकाे ज्ञापन पत्रमार्फत गृह मन्त्रालयले हालै सार्वजनिक गरेको “संघ संस्था दर्ता नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभई नियन्त्रणमुखी भएको ठहर गर्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा विधायन ऐन, २०८१ को दफा ६ ले सरोकारवालासँग अनिवार्य परामर्श गर्नुपर्ने व्यवस्था हुँदाहुँदै नागरिक समाजलाई उपेक्षा गरिएको उल्लेख छ। “नेपालको लोकतान्त्रिक आन्दोलनदेखि विकास साझेदारीसम्म नागरिक समाजले पुर्याएको योगदानलाई सम्मान गर्नुको सट्टा आशंकाको दृष्टिले हेरिनु संकीर्ण सोचको परिचायक हो,” ज्ञापनपत्रमा भनिएको छ।

महासंघले प्रस्तुत मस्यौदामा नागरिक स्वतन्त्रता, सहभागिता र पारदर्शिताका साझा मूल्यहरू कमजोर हुने प्रावधान रहेको दाबी गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक अधिकार सुरक्षित हुने गरी विधेयकलाई पुनर्लेखन गर्न माग गरेको छ।

गैरसरकारी संस्था महासंघ जिल्ला शाखा पर्साका अध्यक्ष छठु साहले नागरिक समाजलाई निरुत्साहित गर्ने प्रावधान सच्याउन सरकारसँग गम्भीर अपील गर्दै असहमति बुँदासहितको ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

अध्यक्ष साहकाे नेतृत्वमा ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेकाे टाेलीमा गैर सरकारी संस्था महासंघ नेपाल मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल, पर्सा जिल्ला उपाध्यक्ष निरज साह, सचिव चन्देश चाैहान, काेषाध्यक्ष मनाेज यादव, दिव्य विकास स्राेत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेल, काेपिला चाैलागाई, विशेष साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...