Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

वीरगंजमा डेंगु र हैजा नियन्त्रणका लागि मच्छरदानी र जीवनजल वितरण

spot_img
spot_img

वीरगंज । लायन्स क्लब अफ वीरगंज आदर्शनगरको आयोजनामा तथा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर–११ को सहयोगमा मंगलबार झुल र जीवनजल वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा डेंगु र हैजाबाट बच्नका लागि ३०० थान मच्छरदानी (झुल) र ६०० थान जीवनजल वितरण गरिएको हो।

कार्यक्रममा वाेल्दै पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले डेंगु र हैजाजस्ता महामारी नियन्त्रण गर्न यस्ता सामाजिक पहलहरू अत्यन्तै प्रभावकारी हुने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले सामुदायिक सहभागिताबाट मात्रै जनस्वास्थ्य सुरक्षित गर्न सकिनेमा जोड दिए ।

लायन्स क्लब अफ वीरगंज आदर्शनगर, डिष्टिक ३२५ का अध्यक्ष सुरेश रुङ्गटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष किशोर गुप्ता, सेक्रेटरी मनिष गोयल, डिस्टिक एजुकेटिभ चिफ प्रकाश बाहेती, प्रदीप डालमिया, विनय बन्सल, राजन सरावगी, रामबिहारी पाण्डेसहित पदाधिकारीहरूको विशेष उपस्थिति थियो।

त्यसैगरी वडा नं. ११ का वडा अध्यक्ष अजय चौरसिया, दिलिप प्रधानका, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्यामकुमार बस्नेत, सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष रेखा घिमिरे, न्युरो अस्पतालका डा. श्याम बाबु प्रसादसहित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका अध्यक्ष राम सराफ, सहायक हवल्दार सुरेन्द्र कुमार यादव, महिला प्रहरी जवान धनमाया दाहाल, एनुलहक देवानलगायत सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको पनि उल्लेख्य सहभागिता थियो ।

कार्यक्रमका वक्ताहरूले व्यक्तिगत सरसफाइ, सफा खानेपानीको प्रयोग र मच्छर नियन्त्रणलाई डेंगु तथा हैजाबाट बच्ने प्रभावकारी उपायका रूपमा अघि सारे । साथै, लायन्स क्लब लगायत सामाजिक संस्थाले यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...