Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

वीरगंजमा हैजा नियन्त्रणका लागि रेडक्रसद्वारा निःशुल्क किट वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज हालसालै हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी वीरगंज उपशाखाले वडा नं. १५ का बासिन्दालाई निःशुल्क किट वितरण गरेको छ।

वितरण गरिएको किटमा जीवन जल (ORS), साबुन, पीयूष लिक्विड र पानी शुद्ध गर्ने ट्याबलेटसहितका सामग्रीहरू रहेका छन्, जसले हैजाको रोकथाम र उपचार दुवैमा सहयोग गर्ने जनाइएको छ।

कार्यक्रमका प्रमुख उमेश मिश्रले किट वितरणसँगै स्थानीयलाई हैजाबारे सचेतना फैलाउने अभियान सञ्चालन गरिएको जानकारी दिए । स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले सरसफाइमा ध्यान दिनुपर्ने, हात धुने तरिका, उमालेको पानी पिउनुपर्ने तथा खानपानमा सावधानी अपनाउनुपर्ने विषयमा व्यावहारिक प्रशिक्षण दिएका थिए ।

रेडक्रस रेशमकोठी उपशाखाका स-कोषाध्यक्ष अभिलाष कुमार गुप्ताले स्वच्छ पानी र सरसफाइ नै हैजा नियन्त्रणको प्रमुख उपाय भएको बताउँदै, वितरण गरिएका सामग्रीहरूले परिवारलाई प्राथमिक स्तरमै सुरक्षित राख्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

वडा नं. १५ का स्थानीय विकास साहले हैजाको डरले त्रसित रहेका बेला रेडक्रसले आवश्यक सामग्री र जानकारी दिएपछि समुदाय केही हदसम्म ढुक्क भएको बताए।

यसैबीच, स्वास्थ्य कार्यालय पर्साले वीरगंजका विभिन्न बस्तीमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै सतर्क रहन आह्वान गरेको छ। चिकित्सकहरूले दूषित पानी नपिउनु, खुला स्थानमा दिसा नगर्नु र साबुनपानीले नियमित हात धुनु हैजा नियन्त्रणको प्रमुख उपाय भएको बताएका छन्।

कार्यक्रम संयोजक दयाशकर सिंहका अनुसार हैजा प्रभावित वा जोखिमयुक्त वडा नं. १४, १५ र १६ मा यस्ता अभियान विस्तार गर्ने तयारी भइरहेको छ। आजको कार्यक्रममा गुडी कुमारी साहको नेतृत्वमा प्रमोद प्रसाद यादव, अभिलाष गुप्ता, विकास कुमार साह, राजेन्द्र ठाकुर, श्याम महतो, राजु साहलगायत स्वयंसेवकहरूको सक्रिय सहभागिता थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...