Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

इलाका प्रशासन कार्यालय बलरामै स्थापना गर्न बलराका मेयर कुशवाहाको आग्रह

spot_img
spot_img

सर्लाही । हालै मन्त्रिपरिषद्ले देशभरका २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णयसँगै बलरा नगरपालिकामा पनि कार्यालय स्थापना गर्ने निर्णय भएको छ । तर, उक्त निर्णयलाई लिएर गोडैता नगरपालिकाका जनप्रतिनिधि र स्थानीयहरूले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कार्यालय बलराको सट्टा गोडैतामा स्थापना गर्नुपर्ने माग गरेपछि बलरा नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ ।

बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले विज्ञप्ति जारी गर्दै इलाका प्रशासन कार्यालय बलरामै स्थापना हुनुपर्नेमा जोड दिएका छन् । उनले सीमा सुरक्षाको संवेदनशीलता, स्थानीय तहलाई सहज हुने पहुँच, शैक्षिक, स्वास्थ्य तथा वित्तीय संस्थाको उपस्थिति र भौगोलिक उपयुक्तता बलरामै रहेको तर्क गरे ।

‘बलराको सट्टा गोडैतामा कार्यालय स्थापना गर्ने विकल्पमा छलफल नै नगरी अघि बढाउनु अन्यायपूर्ण कदम हो,’ मेयर कुशवाहाले भने, ‘बलरामा विद्यालयदेखि अस्पताल, बैंक, प्रहरी चौकीलगायत संरचना व्यवस्थित छन् । सुरक्षा नपुगेको स्थानलाई सुरक्षित बनाउनु नेतृत्वको दायित्व हो, कार्यालय स्थानान्तरण गर्ने होइन ।’

उनले बलरा नगरपालिका, रामनगर, धनकौल, गोडैता र विष्णु गाउँपालिकाका जनतालाई पायक पर्ने गरी बलरा नगरपालिका भित्रकै उपयुक्त स्थानमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए ।

बलरावासीलाई सदियौँदेखि विभेद गरिएको भन्दै मेयर कुशवाहाले इलाका प्रशासन कार्यालय बलरामै राख्ने सरकारको निर्णयप्रति आभार प्रकट गर्दै यसलाई परिणाममुखी बनाउन सम्पूर्ण सरोकारवालाहरूको सुझाव, साथ र सहयोगको अपेक्षा राखेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...