Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि हो : गृहमन्त्री लेखक

spot_img
spot_img

वीरगंज । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भुमि भएको स्पष्ट पार्दै यस विषयमा छिमेकी मित्रराष्ट्रहरूले चित्त दुखाउनु नपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले भारत र चीनबीचको सम्झौतामा लिपुलेकलाई व्यापारिक नाका बनाउने विषयमा नेपालले प्रस्ट आपत्ति जनाएको स्मरण गराए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे व्यक्त गरेको आपत्ति पूर्ण रूपमा सही भएको बताए ।

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भनेर भन्नुमा कुनै देशसँग सम्बन्ध बिग्रनुपर्ने कारण छैन,’ उनले भने, ‘यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो, यसमा हामी प्रस्ट छौँ ।’

उनले थपे, ‘प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा पनि नेपालले भारत र चीनसँग भएको सम्झौतामा आपत्ति जनाउनु देशको सार्वभौमिकता र स्वाभिमान जोगाउनको लागि आवश्यक थियो ।’

गृहमन्त्री लेखकले नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा काङ्ग्रेसका नेता अनिल रुंंगटा, सुरेन्द्र चौधरी, जिल्ला उपसभापति रामनारायण कुर्मी, सह सचिव नवीन सिंह, प्रदेस सभा सदस्य श्याम पटेल, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ...

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौँ । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न...

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...