Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

निजी विद्यालयलाई गैरनाफामूलक बनाउने व्यवस्था हटाइन्छ : गृहमन्त्री लेखक

spot_img
spot_img

वीरगंज । गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकमा राखिएको निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने व्यवस्था हटाइने स्पष्ट पारेका छन् ।

आइतबार वीरगंजमा निजी विद्यालय सञ्चालकहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री लेखकले निजी क्षेत्रका विद्यालयलाई समाप्त गर्ने कुनै योजना नरहेको बताए । उनले भने, “निजी विद्यालयहरुलाई क्रमशः गैरनाफामुलक बनाउँदै लैजाने भन्ने व्यवस्था हटाइन्छ, यसबारेमा कुनै द्विविधा छैन । मन्त्रिपरिषदमा पनि यस विषयमा छलफल भइसकेको छ ।”

उनले सरकारी विद्यालयलाई स्तरीय र नि:शुल्क बनाउन सरकारले ध्यान दिने र निजी विद्यालयमा पढ्न चाहनेलाई त्यस्तो व्यवस्था कायम राखिने स्पष्ट पारे ।

यसअघि निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा राखिएका केही प्रावधानमा असहमति जनाउँदै ज्ञापनपत्र बुझाएका थिए । प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, पर्सा जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, सचिव अशोक संग्रौला, नगर अध्यक्ष राहुल श्रीवास्तव, नगर सदस्य बिजय बल, एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, नगर अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहर, सन्नी दुवे लगायतको टोलीले भेट गरी निजी विद्यालयलाई सिद्ध्याउने खालका व्यवस्था संशोधन गरेर मात्र विधेयक पारित हुनुपर्ने माग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...