Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

पर्साका ४ सहित १६ सशस्त्र प्रहरी अधिकृत एकैपटक जिम्मेवारीबाट हटाइए

spot_img
spot_img

काठमाडौँ । राजश्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी देखिएपछि सशस्त्र प्रहरी बल नेपालले एकैपटक १६ जना अधिकृतलाई कमाण्डरको जिम्मेवारीबाट हटाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार हटाइएका अधिकृतमा १ जना प्रहरी उपरीक्षक (एसपी), १ जना नायव उपरीक्षक (डीएसपी), ७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ६ जना प्रहरी नायव निरीक्षक (सई) र १ जना प्रहरी सहायक निरीक्षक (असई) रहेका छन् ।

पर्साबाट मात्र चार अधिकृत हटाइएका छन् । जिल्लास्थित बोर्डर आउटपोष्ट प्रसौनी भाठ्ठाका इन्स्पेक्टर सन्जीव बानीया क्षेत्री, बिओपी दक्षिण झिटकैया पर्साका इन्स्पेक्टर नरेश सुवाल, सुरक्षा वेश बहुअर्वाभाठ्टाका नायव निरीक्षक भिम बहादुर क्षेत्री र फरवार्ड सुरक्षा वेश जयमंगलापुरका नायव निरीक्षक झक्कु प्रसाद ओलीलाई जिम्मेवारीबाट हटाइएको हो ।

यस्तै, रौतहटका गणपति एसपी सन्तोष कुमार बस्नेतलाई फिर्ता गरी उनको स्थानमा एसपी रामहरी अधिकारीलाई पठाइएको छ । बारा जिल्लास्थित बिओपी कबहीगोठका इन्स्पेक्टर जीवनलाल बुढा, बिओपी झिटकैया बाराका नायव निरीक्षक केदार बहादुर परियार, फरवार्ड सुरक्षा वेश बलिरामपुरका नायव निरीक्षक हरी प्रसाद लम्साल, फरवार्ड सुरक्षा वेश छतवा बाराका नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्ट बाराका सहायक निरीक्षक शिव शंकर प्रसाद चौधरी पनि जिम्मेवारीबाट हटाइएका छन् ।

पश्चिम नवलपरासीको बिओपी भुजहवाका इन्स्पेक्टर रुपक नापीत, कैलालीको प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका डिएसपी नविन चन्द, बिओपी कुसुमघाटका इन्स्पेक्टर रामशरण विष्ट, बिओपी फुलबारीका इन्स्पेक्टर खगेन्द्र बहादुर चन्द, बिओपी लल्लिपुरका नायव निरीक्षक मोहन राम मोहर र कञ्चनपुरको डोकेबजार बिओपीका इन्स्पेक्टर सूर्य प्रकाश पन्त पनि जिम्मेवारीबाट हटाइएका छन् ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सीमा क्षेत्रका कमाण्डरमाथि मुख्यालयबाट निगरानी बढाइएको छ । उनले सन्तोषजनक काम नगर्ने गणपति लगायतका अधिकृतहरू यसअघि पनि समयमा नै जिम्मेवारीबाट हटाइँदै कारबाहीमा पर्ने गरेको जानकारी दिए ।

मुख्यालयले अन्य प्रदेशका गण, गुल्म र बिओपी कमाण्डमा रहेका अधिकृतहरूमाथि पनि सुक्ष्म निगरानी बढाएको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...