Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

मन्त्रीलाई धम्की दिएकाे आराेपमा पक्राउ परेकी किरणविरुद्ध तिन वटा कसुरमा अनुसन्धान

spot_img
spot_img

वीरगंज । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमा धम्की दिएको आरोपमा टिकटकर किरण साह पक्राउ परेकी छन् । कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुर स्थायी घर भएकी हाल वीरगंज १३ मुर्ली बस्दै आएकी साहलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार साहविरुद्ध साइबर तथा विद्युतीय अपराध, संघिय सांसदलाई धम्की दिन नहुने र झुठा कुराकाे अफवाह फैलाएकाे कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले जानकारी दिए ।

पक्राउ परेकी साहलाई पर्सा जिल्ला अदालतबाट ३ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेकाे प्रवक्ता लम्सालले वताए । साहले वीरगंजमा फैलिएकाे हैजा संक्रमणकाे विषयमा मन्त्री यादवसंग फाेनमा चर्काे कुरा गरेकी थिइन । मन्त्री यादव र साह बिच फाेनमा भएकाे संवादकाे अडियाे अहिले समाजिक संजालमा भाइरल भइरहेकाे छ ।

एक पक्षले साहले मन्त्री यादवसंग गरेकी चक्राे स्वरमा कुरालाई आलाेचना गरिरहेका छन् भने अर्काे पक्षले उनकाे परिवारका सदस्यहरु बिरामी भई अस्पतालमा भर्ना रहेकाले उनले आक्राेश पाेखेकी बताइरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...