Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

जिर्ण नारायणी रंगशालाको सरसफाई र मर्मतमा खेलाडी आफैं जुटे

spot_img
spot_img

वीरगंज । नारायणी रंगशालाको खेलमैदान सरसफाईदेखि मर्मत सम्भारमा यहाँका स्थानीय खेलाडीहरू आफैं खटिएका छन् । बजेट अभावका कारण जिर्ण बनेको रंगशाला पुनर्निर्माणमा सरकार उदासीन देखिएको भन्दै खेलाडीहरूले अभ्यास गर्न सक्ने वातावरण बनाउन मैदानको सरसफाई र मर्मत सुरु गरेका हुन् ।

आरम्भ भेट्रान क्लबका सचिव सन्तोष खड्काका अनुसार बिहानको समयमा स्थानीय खेलाडीहरू र १३ नम्बर गणका सशस्त्र प्रहरी जवानहरू सरसफाई र मर्मतमा सक्रिय छन् । उनले रंगशाला पूर्ण रूपमा जिर्ण भएपछि खेलकुद प्रतियोगिता समेत रोकिएको अवस्था रहेकाले अब सरसफाई गरेर भए पनि अभ्यास सम्भव हुने बताए ।

खेलाडी सुनिल राउतले पनि जिर्ण रंगशालाका कारण अभ्यासमा समस्या भएको भन्दै चिन्ता व्यक्त गरे । उनले काठमाडौंको दशरथ रंगशालापछि दोस्रो ठूलो मानिने नारायणी रंगशालाको स्तरोन्नति गर्न मन्त्रीहरूले पटक–पटक आश्वासन दिए पनि कार्यान्वयन नगरेकोप्रति दुःख व्यक्त गरे ।

प्रेक्टिसका लागि रंगशाला पुगेका अशेश्वर पटेलसहित दर्जनौं खेलाडीहरूले शनिबार कुदालो चलाएर मैदान मर्मत गरेका थिए । साथै, सशस्त्र प्रहरीले पनि बिहानको समयमा रंगशाला मर्मत र सरसफाईमा निरन्तर सहयोग गर्दै आएको खेलाडीहरूले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...