Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

प्रगतिशील युवा क्लबले रक्तदान कार्यक्रममार्फत मनायो सिल्वर जुबिली

spot_img
spot_img

वीरगंज । प्रगतिशील युवा क्लबले आफ्नो २५औं वर्ष (सिल्वर जुबिली) प्रवेशको अवसरमा वीरगंजमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पोका रगत संकलन गर्न सफल भएको छ ।

कार्यक्रमलाई सफल बनाउन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वडा नं.१५ का वडाध्यक्ष रमेश यादव, नेजपा केन्द्रीय उपाध्यक्ष सन्तोषानन्द, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, लुका ट्रेडर्सका निर्देशक वसिम अहमद, गौतम माविका शिक्षक रमेश शर्मा, सामाजिक अगुवा हरेन्द्र पटेल, प्याप्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, एन–प्याप्सनका जियालाल गुप्ता, पूर्व प्याप्सन नगर अध्यक्ष आलोक चौरसिया, सामाजिक अगुवा बिरेन्द्र साह, जयशंकर यादव, नेपाल पोस्ट डेलीका सन्तोष साह लगायत विभिन्न सामाजिक व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय योगदान रहेको थियो ।

क्लबका अध्यक्ष ईश्वरचन्द्र यादवले गत २५ वर्षदेखि सामाजिक सेवामा साथ र प्रेरणा दिने सबैप्रति आभार व्यक्त गर्दै युवापुस्ताले देखाएको सामाजिक उत्तरदायित्व र एकताको भावना क्लबका लागि प्रेरणादायी भएको बताए । उनले आगामी दिनमा सामाजिक, शैक्षिक, स्वास्थ्य तथा मानव सेवाका अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने संकल्प व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...