Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

नेशनल मेडिकल कलेज र शिवम फार्मास्युटिकल्सबीच स्वास्थ्य सेवा सम्झौता

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज प्रा. लि. र शिवम फार्मास्युटिकल्स लिमिटेडबीच स्वास्थ्य सेवा सम्बन्धी एक महत्वपूर्ण आपसी सम्झौता सम्पन्न भएको छ । वीरगंज–१५, पर्सास्थित नेशनल मेडिकल कलेजको दर्ता कार्यालयमा आयोजित विशेष कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार शिवम फार्मास्युटिकल्सका सञ्चालक समिति सदस्य, कर्मचारी तथा प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट विशेष छुट र सुविधा सहितको स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । सामाजिक सुरक्षा कोषमा आबद्ध लाभार्थीहरूले ८० प्रतिशत खर्च कोषबाट व्यहोर्ने र बाँकी २० प्रतिशत रकम एक महिनाभित्र GOP सुविधामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाइएको छ। सामाजिक सुरक्षा कोषमा नजोडिएका लाभार्थीहरूलाई उपचार सेवामा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट प्रदान गरिनेछ।

शिवम फार्मास्युटिकल्सका कर्मचारीहरूको उपचार खर्चमा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म ३० दिनको GOP सुविधा, पाँच लाखभन्दा माथि खर्च भएमा ४५ दिनको GOP सुविधा उपलब्ध हुनेछ। पूर्व–रोजगार तथा वार्षिक स्वास्थ्य परीक्षणसहित अन्य स्वास्थ्य सेवा आपसी समझदारीमा भुक्तानीयोग्य हुनेछन्। साथै, शिवम फार्मास्युटिकल्सको परिसरमा प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने सम्झौता भएको छ।

संयुक्त ब्राण्ड प्रयोग गर्ने, शिवम फार्मास्युटिकल्सका कार्यक्रमहरूमा नेशनल मेडिकल कलेजलाई चिकित्सकीय साझेदारका रूपमा समावेश गर्ने तथा सेवाको सहज सञ्चालनका लागि दुवै संस्थाबाट सम्पर्क व्यक्ति तोक्ने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारीले हस्ताक्षर गर्नुभएको थियो। सो अवसरमा ईन्जिनियर प्रदीप चौधरी, मार्केटिङ प्रबन्धक जितेश चन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कान्त, प्रशासन अधिकृत पप्पु सिंह र प्रेस सल्लाहकार आशिक अन्सारीको उपस्थिति रहेको थियो।

शिवम फार्मास्युटिकल्सतर्फबाट प्रशासन अधिकृत सञ्जय चौधरीले हस्ताक्षर गर्नुभएको थियो भने उत्पादन विभाग प्रमुख निरज प्रसाद चौधरी र गुणस्तर नियन्त्रण प्रमुख प्रविन चौधरी पनि उपस्थित रहेका थिए।

सम्झौताले अस्पताल र औद्योगिक क्षेत्रबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहकार्यले संस्थागत सामाजिक उत्तरदायित्व, पारदर्शिता र दीर्घकालीन सम्बन्ध सुदृढ पार्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...