Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

एकीकृत समाजवादी पर्सा क्षेत्र नं. २ काे बैठक सम्पन्न

वडा र पालिका कमिटी पुर्नगठन गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्सा निर्वाचन क्षेत्र नं. २ काे बैठक सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं १७ स्थित पार्टी कार्यालयमा बसेकाे बैठकले क्षेत्र अन्तर्गकाे वडा तथा पालिका कमिटीको पुर्नगठन गर्ने निर्णय गरेको छ ।

क्षेत्रकाे बर्तमान र पूर्व जिल्ला कमिटी सदस्यहरूको बसेकाे बैठकले क्षेत्र अन्तर्गतकाे वडा कमिटी तथा पालिका कमिटी गठन, पुर्नगठन गर्दै जाने निर्णय गरेकाे एकीकृत समाजवादी पर्साका सचिव गंगा बहादुर खड्काले जानकारी दिए ।

पार्टीका केन्द्रीय स्थायी कमिटी सदस्य नागेन्द्र चौधरीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा केन्द्रिय सदस्य एवं मधेस प्रदेशका उपाध्यक्ष रामचन्द्र साह, जिल्ला अध्यक्ष बाल गोपाल थापा, उपाध्यक्ष विक्रम चौरसिया, सचिव गंगा बहादुर खड्का, सहसचिव टेक नारायण महताे, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमको व्यवस्थापन सचिवालय सदस्य रमेश चौधरीले गरेका थिए । बैठकले आगामी संगठन विस्तार र स्थानीय तह नेतृत्व सुदृढ गर्ने रणनीति तय गरेको बताइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...