Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

एकीकृत समाजवादी पर्सा क्षेत्र नं. २ काे बैठक सम्पन्न

वडा र पालिका कमिटी पुर्नगठन गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्सा निर्वाचन क्षेत्र नं. २ काे बैठक सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं १७ स्थित पार्टी कार्यालयमा बसेकाे बैठकले क्षेत्र अन्तर्गकाे वडा तथा पालिका कमिटीको पुर्नगठन गर्ने निर्णय गरेको छ ।

क्षेत्रकाे बर्तमान र पूर्व जिल्ला कमिटी सदस्यहरूको बसेकाे बैठकले क्षेत्र अन्तर्गतकाे वडा कमिटी तथा पालिका कमिटी गठन, पुर्नगठन गर्दै जाने निर्णय गरेकाे एकीकृत समाजवादी पर्साका सचिव गंगा बहादुर खड्काले जानकारी दिए ।

पार्टीका केन्द्रीय स्थायी कमिटी सदस्य नागेन्द्र चौधरीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा केन्द्रिय सदस्य एवं मधेस प्रदेशका उपाध्यक्ष रामचन्द्र साह, जिल्ला अध्यक्ष बाल गोपाल थापा, उपाध्यक्ष विक्रम चौरसिया, सचिव गंगा बहादुर खड्का, सहसचिव टेक नारायण महताे, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमको व्यवस्थापन सचिवालय सदस्य रमेश चौधरीले गरेका थिए । बैठकले आगामी संगठन विस्तार र स्थानीय तह नेतृत्व सुदृढ गर्ने रणनीति तय गरेको बताइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...