Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

जगरनाथपुर ढाटमा नियम विपरित कर असुली, ठेक्दारलाई कारवाही गर्न माग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतकाे राजमार्गमा कर असुलीकाे नाममा ढाट ठेकेदारका कर्मचारीले बलजबरजस्ती अवैध असुली गर्दै आएकाेले कारवाहीकाे माग गर्दै महानगरपालिकामा उजरी परेकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २२ जगरनाथपुरस्थित ढाटमा नियमविपरित बलजबरजस्ती भइरहेकाे कर असुली राेक्न माग गर्दै स्थानिय अमर प्रसाद यादवले साेमबार वीरगंज महानगरपालिका लिखित निवेदन दर्ता गराएका छन् । उनले महानगरपालिकाकाे राजश्व शाखामा दिएको निवेदनमा भारतीय मालवाहक सवारीसाधनलाई कर तिर्नुपर्ने कारण नहुँदा पनि “भारतीय सवारी हो” भन्दै बाटो छेकी जबर्जस्ती रकम असुली गरिएको उल्लेख छ ।

निवेदनमा ठेकेदार कर्मचारीहरूले एउटै सवारीसाधनलाई पटक–पटक करको नाममा रकम असुलेर चालकसँग विवाद, झगडा र कुटाकुट हुने अवस्था सिर्जना गरेको, जसका कारण स्थानीयवासीलाई समेत तनावपूर्ण स्थिति सहनु परेको जनाइएको छ ।

यसरी हुने अनियमित असुलीबारे पत्रपत्रिकामा पटक–पटक समाचार आए पनि ठेकेदारले सुधार नगरेको भन्दै पीडित पक्षले तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न महानगरपालिकालाई आग्रह गरेको छ ।

महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउन अमित ठेक्का पट्टालाई ठेक्का दिएको छ । सम्झौताअनुसार ठेकदारले महानगर क्षेत्रभित्र उत्पादन संकलन तथा व्यवसायिक कारोबारमा मात्र कर लिन पाउने व्यवस्था छ ।

तर ठेकदार कम्पनीले नियम विपरीत सम्पूर्ण भारतीय मालवाहक सवारीसाधनबाट प्रतिगाडी ४ सयदेखि ५ सय रुपैयाँसम्म असुली गर्दै आएको स्थानीयले बताएका छन् । अमित ठेक्का पट्टाले नै वीरगंजसहित परवानीपुर र जितपुरसिमरामा पनि कवाडी करकाे ठेक्का लिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...