Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

रौतहटमा रुबीको हत्या प्रकरण : शव बोक्ने ई–रिक्सा चालक पक्राउ

spot_img
spot_img

वीरगंज । रौतहटको माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा संलग्न भएको आशंकामा एक ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार पक्राउ परेका व्यक्ति गौर बजारका ई–रिक्सा चालक लक्ष्मण महरा हुन् । हत्या गर्ने व्यक्तिले रुबीको शव सुटकेसमा राखी गंगापिप्रा गाउँसम्म लैजान महराको ई–रिक्सा पाँच सय रुपैयाँमा भाडामा लिएको खुलेको छ ।

तर मुडवलवा गेट नजिक पुग्दा ई–रिक्साको चक्कामा समस्या आएपछि हत्यारा सुटकेस सडक किनारमै फालेर भागेको प्रहरीको भनाइ छ । पक्राउ परेका चालक महराले भने सुटकेसभित्र के छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार रुबीको हत्याराको लगभग पहिचान भइसकेको छ र हाल ती व्यक्तिको व्यापक खोजी भइरहेको छ।

प्रहरी अनुसन्धान अनुसार शनिबार राति रुबीलाई गौर बजारस्थित एक डेरामा बोलाई हत्या गरिएको हो । साँझ करिब ६ बजे उनले आमा मिथिलादेवी साहलाई फोन गरी “केही सामान लिन जान्छु” भन्दै घरबाट निस्किएकी थिइन् तर फर्किइनन्।

त्यस राति गौर नगरपालिका–९ मुडवलवा गेटमा शंकास्पद अवस्थामा बेवारिसे सुटकेस फेला परेको थियो । सुरक्षाकर्मीले आइतबार बिहान सुटकेस खोल्दा रुबीको शव भेटिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...