Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

जसपाले सरकारका दुई मन्त्री फिर्ता बोलाउँदै, नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो

spot_img
spot_img

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा आफ्ना तर्फबाट रहेका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

पार्टीका एक पदाधिकारीका अनुसार खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी गरिएको हो।

“सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सुरुमै एक वर्षका लागि मात्रै हो भनिएको थियो। त्यसअनुसार उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय पार्टीले गरेको छ,” पदाधिकारीले बताए।

अध्यक्ष अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खानेपानी मन्त्रीका लागि वीरेन्द्र महतो र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका लागि रञ्जु ठाकुरको नाम सिफारिस गरिसकेका छन्।

तर, मन्त्रिपरिषद पुनर्गठन कहिले हुने भन्ने टुंगो भने प्रधानमन्त्रीको निर्णयमा भर पर्नेको पदाधिकारीले जनाए।

जसपाका अनुसार शनिबार बसेको पदाधिकारी बैठकमा समेत मन्त्री फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने विषयमा छलफल भएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...