Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

जसपाले सरकारका दुई मन्त्री फिर्ता बोलाउँदै, नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो

spot_img
spot_img

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा आफ्ना तर्फबाट रहेका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

पार्टीका एक पदाधिकारीका अनुसार खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी गरिएको हो।

“सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सुरुमै एक वर्षका लागि मात्रै हो भनिएको थियो। त्यसअनुसार उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय पार्टीले गरेको छ,” पदाधिकारीले बताए।

अध्यक्ष अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खानेपानी मन्त्रीका लागि वीरेन्द्र महतो र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका लागि रञ्जु ठाकुरको नाम सिफारिस गरिसकेका छन्।

तर, मन्त्रिपरिषद पुनर्गठन कहिले हुने भन्ने टुंगो भने प्रधानमन्त्रीको निर्णयमा भर पर्नेको पदाधिकारीले जनाए।

जसपाका अनुसार शनिबार बसेको पदाधिकारी बैठकमा समेत मन्त्री फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने विषयमा छलफल भएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...