Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

रौतहटको सुटकेसभित्र भेटिएकी महिलाको सनाखत, भारतकी २६ वर्षीया रुबीकुमारी साह

spot_img
spot_img

वीरगंज । रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ। मृतक रौतहटको माधवनारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुबीकुमारी साह भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।

उनका अनुसार मृतक रुबीकुमारी साहको घर भारतको मुजफ्फरपुर हो। ‘प्रारम्भिक अनुसन्धानमा उनी रुबीकुमारी साह रहेको खुलेको छ। उनका आफन्तहरू आएका छन्। थप अनुसन्धान भइरहेको छ,’ डिएसपी कार्कीले भने।

रुबीकुमारी साह एक महिनादेखि माधवपट्टीमा डेरा लिएर बस्दै आएकी थिइन्। उनको एक छोरा रहेको प्रहरीले जनाएको छ। प्रहरीको आशंका अनुसार उनको हत्या गरी शव सुटकेसभित्र राखी सडक किनारमा फालिएको हुनसक्छ।

शनिबार राति करिब साढे १० बजे गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट नजिकै बेवारिसे अवस्थामा सुटकेस भेटिएको थियो। शंकास्पद देखिएपछि प्रहरीले रातभर निगरानी गरेको थियो।

आज बिहान सुटकेस खोल्दा सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...