Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

रौतहटको सुटकेसभित्र भेटिएकी महिलाको सनाखत, भारतकी २६ वर्षीया रुबीकुमारी साह

spot_img
spot_img

वीरगंज । रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ। मृतक रौतहटको माधवनारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुबीकुमारी साह भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।

उनका अनुसार मृतक रुबीकुमारी साहको घर भारतको मुजफ्फरपुर हो। ‘प्रारम्भिक अनुसन्धानमा उनी रुबीकुमारी साह रहेको खुलेको छ। उनका आफन्तहरू आएका छन्। थप अनुसन्धान भइरहेको छ,’ डिएसपी कार्कीले भने।

रुबीकुमारी साह एक महिनादेखि माधवपट्टीमा डेरा लिएर बस्दै आएकी थिइन्। उनको एक छोरा रहेको प्रहरीले जनाएको छ। प्रहरीको आशंका अनुसार उनको हत्या गरी शव सुटकेसभित्र राखी सडक किनारमा फालिएको हुनसक्छ।

शनिबार राति करिब साढे १० बजे गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट नजिकै बेवारिसे अवस्थामा सुटकेस भेटिएको थियो। शंकास्पद देखिएपछि प्रहरीले रातभर निगरानी गरेको थियो।

आज बिहान सुटकेस खोल्दा सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...