Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

गौरमा सुटकेशभित्र महिलाको शव फेला

spot_img
spot_img

रौतहट । रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेशभित्र एक महिलाको शव फेला परेको छ।

शनिबार राति बेवारिसे अवस्थामा डोरीले बाँधिएको सुटकेश भेटिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की नेतृत्वको टोलीले आइतबार बिहान सुटकेश खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो।

डीएसपी कार्कीका अनुसार शवलाई कोचेर राखिएको अवस्थामा भेटिएको हो । महिलाको पहिचान भने खुल्न बाँकी रहेको छ।

प्रहरीले मुचुल्का उठाइसकेपछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यस क्रममा घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी फुटेज पनि जाँच भइरहेको छ।

यो साता मात्रै रौतहटमा तीन वटा शव फेला परिसकेका छन् । यसअघि सप्तरीका उपेन्द्र भगत नेपाल लजमा मृत फेला परेका थिए भने गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहारबाट हत्या भएको थियो । आइतबार अज्ञात महिलाको शव सुटकेशभित्र भेटिएसँगै जिल्ला आतंकित बनेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...