Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

गौरमा सुटकेशभित्र महिलाको शव फेला

spot_img
spot_img

रौतहट । रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेशभित्र एक महिलाको शव फेला परेको छ।

शनिबार राति बेवारिसे अवस्थामा डोरीले बाँधिएको सुटकेश भेटिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की नेतृत्वको टोलीले आइतबार बिहान सुटकेश खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो।

डीएसपी कार्कीका अनुसार शवलाई कोचेर राखिएको अवस्थामा भेटिएको हो । महिलाको पहिचान भने खुल्न बाँकी रहेको छ।

प्रहरीले मुचुल्का उठाइसकेपछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यस क्रममा घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी फुटेज पनि जाँच भइरहेको छ।

यो साता मात्रै रौतहटमा तीन वटा शव फेला परिसकेका छन् । यसअघि सप्तरीका उपेन्द्र भगत नेपाल लजमा मृत फेला परेका थिए भने गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहारबाट हत्या भएको थियो । आइतबार अज्ञात महिलाको शव सुटकेशभित्र भेटिएसँगै जिल्ला आतंकित बनेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...