Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सक्ने जति जनताको सेवा गरेँ : सिडिओ अर्याल

spot_img
spot_img

वीरगंज । “कोही नभएकोलाई राज्य छ भन्ने भरोसा दिन खोजें” — सरुवा भएका पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले आफ्नो कार्यकालको समीक्षा गर्दै यस्तो टिप्पणी गरेका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै अर्यालले आफूले जनताको सेवा गर्ने प्रयासलाई प्राथमिकतामा राखेको र पर्सामा बिताएको समय स्मरणीय रहेको बताए । उनका अनुसार शीतलहरका समयमा ४८ सय घरपरिवारलाई कम्बल वितरण गरेर राहत पुर्‍याइएको थियो ।

अर्यालले लामो समयदेखि स्थगित ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गराउन सफल भएको र त्यसले ऐतिहासिक उपलब्धि दिलाएको बताए । उनले भने, “सक्ने जति जनताको सेवा गरेँ, पर्सा जिल्लाको बसाइँ स्मरणीय रहनेछ ।”

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीलाई सहज बनाउन उनले स्थानीय भाषामा सूचना र विभिन्न हेल्प डेस्क स्थापना गरेको जानकारी पनि दिए । भारत–नेपाल सीमा व्यवस्थापनमा सुधार गर्ने योजनाबारे कुरा गर्दै उनले एकीकृत सुरक्षा प्रणाली लागू गर्न चाहेको तर वीरगंज भन्सारको कारणले त्यसलाई कार्यान्वयन गर्न नसकिएको बताए ।

पत्रकारहरुकाे प्रश्वनकाे जवाफ दिदै सिडियाे अर्यालले कानूनले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा कर उठाउने अधिकार स्थानीय तहलाई नदिएकाे वताए ।

अर्यालले आफूले सुरु गरेका पहलहरूले पर्सामा प्रशासनिक सुधार, जनसेवा र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दाबी गर्दै पर्सावासीको सहयोग र साथप्रति आभार व्यक्त गरेका छन् ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...