Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

सक्ने जति जनताको सेवा गरेँ : सिडिओ अर्याल

spot_img
spot_img

वीरगंज । “कोही नभएकोलाई राज्य छ भन्ने भरोसा दिन खोजें” — सरुवा भएका पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले आफ्नो कार्यकालको समीक्षा गर्दै यस्तो टिप्पणी गरेका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै अर्यालले आफूले जनताको सेवा गर्ने प्रयासलाई प्राथमिकतामा राखेको र पर्सामा बिताएको समय स्मरणीय रहेको बताए । उनका अनुसार शीतलहरका समयमा ४८ सय घरपरिवारलाई कम्बल वितरण गरेर राहत पुर्‍याइएको थियो ।

अर्यालले लामो समयदेखि स्थगित ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गराउन सफल भएको र त्यसले ऐतिहासिक उपलब्धि दिलाएको बताए । उनले भने, “सक्ने जति जनताको सेवा गरेँ, पर्सा जिल्लाको बसाइँ स्मरणीय रहनेछ ।”

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीलाई सहज बनाउन उनले स्थानीय भाषामा सूचना र विभिन्न हेल्प डेस्क स्थापना गरेको जानकारी पनि दिए । भारत–नेपाल सीमा व्यवस्थापनमा सुधार गर्ने योजनाबारे कुरा गर्दै उनले एकीकृत सुरक्षा प्रणाली लागू गर्न चाहेको तर वीरगंज भन्सारको कारणले त्यसलाई कार्यान्वयन गर्न नसकिएको बताए ।

पत्रकारहरुकाे प्रश्वनकाे जवाफ दिदै सिडियाे अर्यालले कानूनले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा कर उठाउने अधिकार स्थानीय तहलाई नदिएकाे वताए ।

अर्यालले आफूले सुरु गरेका पहलहरूले पर्सामा प्रशासनिक सुधार, जनसेवा र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दाबी गर्दै पर्सावासीको सहयोग र साथप्रति आभार व्यक्त गरेका छन् ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...