Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

परवानीपुरमा निभासा इन्डष्ट्रिजमा आगलागी, करिब ४० लाखको क्षति

spot_img
spot_img

वीरगंज । पर्साको बिरगंज महानगरपालिका–२१ परवानीपुरस्थित निभासा इन्डष्ट्रिज प्रा.लि.मा आगलागी हुँदा करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

मंगलबार बिहान करिब ९ः४५ बजेतिर घरमालिक फरजना खातुनले सञ्चालन गर्दै आएको उद्योगमा अचानक विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीको सूचना पाउनासाथ प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक डिकर देव पन्तको कमाण्डमा ३० जना प्रहरी टोली, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक सरोज प्रसाद केसीसहितको टोली खटिएको थियो।

प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा आगो करिब एक घण्टापछि बिहान १०ः४५ बजे नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानविय वा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले जानकारी दिए ।

तर, उद्योगमा रहेका मेसिन र सामग्रीमा ठूलो क्षति पुगेको छ । आगलागीबाट हिट ट्रान्सफर्मर मेसिन १ थान (मूल्य करिब रु. ३२ लाख), सर्भो स्टेपलाइजर ७२ के.भी. १ थान (रु. २ लाख २० हजार), रोलिङ मेसिन १ थान (रु. ३ लाख), र वायरिङ पार्ट्स २ सेट (रु. २ लाख) जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ ।

उद्याेग संचालकका अनुसार करिब रु. ३९ लाख २० हजार बराबरको क्षति भएकाे पर्सा प्रहरीका प्रवक्ता लम्सालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...