Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

गौर घटनाबारे सर्वोच्चको आदेशमा जसपा नेपालको आपत्ति

सञ्चारमाध्यमलाई भ्रामक समाचार नफैँलाउन आग्रह

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा), नेपालले २०६३ साल चैत्र ७ गते रौतहटको गौरमा भएको घटनाबारे सर्वोच्च अदालतले दिएको परमादेश सम्बन्धी समाचारप्रति आपत्ति जनाउँदै भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

जसपा नेपालको केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरबाट बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरी समाचार सम्प्रेषण गर्नु पूर्वाग्रही, भ्रामक र सस्तो लोकप्रियताका लागि नियतवश गरिएको भन्दै आपत्ति जनाइएको छ।

विज्ञप्तिमा गौर घटनाको विषयमा तत्कालीन सरकारले उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी सत्य तथ्य अभिलेखीकरण गरिसकेको र राष्ट्रिय मानव अधिकार आयोग तथा संयुक्त राष्ट्र संघीय मिशन (UNMIN) ले समेत अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिसकेको उल्लेख छ । साथै यो विषय राजनीतिक समाधानको बाटोबाट अघि बढाइनुपर्नेमा सर्वोच्च अदालतको आदेशलाई अपुष्ट समाचारमार्फत अतिरञ्जित रुपमा प्रस्तुत गर्नु गलत भएको जसपाको भनाइ छ।

प्रवक्ता मनिष कुमार सुमनले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टी अध्यक्ष उपेन्द्र यादव र जसपा सदैव सर्वोच्च अदालतको आदेशप्रति सहयोगी रहँदै आएको उल्लेख गर्दै, अदालतको आदेशको प्रतिक्षा गर्न तथा भ्रामक समाचारमा विश्वास नगर्न, त्यस्तो गतिविधिमा सरिक समेत नहुन आम नागरिक, शुभेच्छुक र कार्यकर्ताहरूलाई अपिल गरिएको छ।

विज्ञप्तिमा अन्त्यमा न्याय र मधेश आन्दोलनको पक्षमा पार्टी निरन्तर प्रतिबद्ध रहेको दोहोर्याइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...