Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्साका असई साह ‘साउन महिनाको उत्कृष्ट प्रहरी’ घोषित

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सहायक निरीक्षक (असई) बिकाउ साहलाई २०८२ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषित गरेको छ।

इलाका प्रहरी कार्यालय एकटाँगामा दरबन्दी रहेकाे साह अस्थायी प्रहरी पोष्ट शंकरसरैयामा कार्यरत छन्। उनले साउन १७ गते साँझ जिराभवानी गाउँपालिका–५ शंकरसरैयामा भएको हत्या घटनामा देखाएको सक्रियता र अपराधीलाई तत्काल नियन्त्रणमा लिन गरेको साहसी कदमलाई उच्च मूल्याङ्कन गर्दै उनलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

मादक पदार्थ सेवनपछि आफ्नै श्रीमती असपतलीया देवी मुसहरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जितेन्द्र माझी मुसहरलाई तत्काल घेराबन्दी गरी पक्राउ गर्न सफल साहले जनतामा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन समेत सक्रिय भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक गौतम मिश्रले उत्कृष्ट कार्यको कदर गर्दै साहलाई ‘साउन महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्दै हार्दिक बधाई ज्ञापन गरेका छन् । साे अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्साल लगायतका प्रहरी अधिकृतहरुकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...