Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेपाल बार एसोसिएशन र नेपाल पत्रकार महासंघबिचको विवाद सहमतिमा टुंगियो

spot_img
spot_img

जनकपुरधाम । लोकतन्त्र, कानुनी शासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर दुई प्रतिष्ठित संस्था नेपाल बार एसोसिएशन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच उत्पन्न विवाद ऐतिहासिक सहमतिका साथ समाधान भएको छ ।

दुवै संस्थाबीच उच्चस्तरीय वार्ता समितिको प्रयास र सफल मध्यस्थतापछि विगतमा देखिएको मतभेद र असमझदारी अन्त्य गर्दै विवाद शान्तिपूर्ण ढंगले टुंगिएको हो ।

सहमति अनुसार, जनकपुरधामस्थित सार्वजनिक जग्गा सम्बन्धी प्रकरणमा दुवै संस्थाले भविष्यमा आपसी सहयोग र समन्वयमार्फत अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । साथै, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएशन जनकपुरधाम अध्यक्ष अधिवक्ता बिष्णुकुमार मिश्रले सहमतिपत्रमा हस्ताक्षर गर्दै विवादलाई समाधान गर्ने सहमति जनाएका हुन् ।

सम्झौतापछि दुवै संस्थाले विगतका घटनाबाट दुःख व्यक्त गर्दै आपसी विश्वास, सद्भाव र सहकार्यका आधारमा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गर्ने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

यस सहमतिलाई दुवै संस्थाले लोकतान्त्रिक परिपाटी, कानुनी शासन र सामाजिक न्यायलाई सुदृढ बनाउन ठूलो उदाहरणका रूपमा लिएको बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...