Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

वीउवा संघद्वारा सशस्त्रका डिएसपी सुब्बा पुरस्कृत

spot_img
spot_img

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरेको “Best Integrity पुरस्कार” सोमबार एक विशेष समारोहबीच वितरण गरिएको छ।

समारोहमा संघका अध्यक्ष हरि गौतम तथा सशस्त्र प्रहरी महानिरीक्षक कृष्णप्रसाद ढकालले संयुक्त रूपमा सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बालाई २५ हजार नगद राशीसहित सम्मानपत्र प्रदान गर्दै पुरस्कृत गरे।

स्व. थपलियाको सत्यनिष्ठा, इमानदारी र कर्तव्यपरायणताको सम्झनामा स्थापना गरिएको यस पुरस्कारमार्फत सुरक्षाकर्मीलाई निष्ठा, निस्वार्थ भावनासहित काम गर्न प्रोत्साहित गर्ने उद्देश्य लिइएको संघले जनाएको छ।

कार्यक्रममा संघका उपाध्यक्ष आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोझ रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव नरेशकुमार टिबडेवाल, प्रशासकीय अधिकृत मनोज उपाध्यायलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक ढकालले नायब उपरीक्षक सुब्बाको कार्यशैली, कर्तव्यनिष्ठा र इमानदारीले संगठनको मर्यादा बढाएको उल्लेख गर्दै योग्य व्यक्तिलाई पुरस्कार प्रदान गर्न पाउँदा गर्व महसुस भएको बताए।

त्यस्तै, संघका अध्यक्ष हरि गौतमले पुरस्कारलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै निजी क्षेत्र र सुरक्षाकर्मीबीच आपसी सहकार्य तथा विश्वासकै आधारमा शान्ति–सुरक्षा बलियो हुने विश्वास व्यक्त गरे।

संघले यो पुरस्कार वार्षिक रूपमा उत्कृष्ट सत्यनिष्ठा प्रदर्शन गर्ने सशस्त्र प्रहरीलाई प्रदान गरिने जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर...

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...